लेखनाथ महोत्सवमा १ लाख २५ हजार दर्शक

पाेखरा | पुस ९, २०८०

लेखनाथ महोत्सवमा १ लाख २५ हजार दर्शक

पोखरा:   ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन ।


महोत्सवको पहिलो दिन ४० हजार, दोश्रो दिन २० हजार, तेश्रो दिन शनिबार ४० हजार र आईतबार २५ हजार गरि अहिलेसम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेको महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले जानकारी दिए । 


लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ३ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र आईतबार ६० लाख गरी हालसम्म २ करोड ९० लाख बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।


आईतबार लोकदोहोरी कलाकार पशुपती शर्माले आफ्ना गितहरुमा दर्शकहरुलाई नचाएका थिए भने कृष्ण अखेली, सुनितामी परियार, दिपक कार्कि, सविना गुरुङ, टेक क्षेत्री र अनिशा गुरुङले आफ्नो प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा दुर्गेश थापा, राजेश वर्देवा र यम नेपालीले स्टेज तताएका थिए । 


महोत्सवमा सोमबार लोकदोहोरी कलाकारहरु सम्झना लामिछाने मगर, जिवन दाहाल, क्षत्र शाही, काजल जोशी, श्रीराम अधिकारी, माया गुरुङ, रामजी पौडेल, परशुराम अधिकारी र कमला गैरे लगायतले प्रस्तुती राख्नेछन भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज, सन्तोष बस्याल र ऋतु कंडेल लगायतले प्रस्तुती दिनेछन । 


यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।


साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।
 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्