पाँचकिलोमिटर दौडमा कार्की र बराल प्रथम

पाेखरा | पुस १०, २०८०

पाँचकिलोमिटर दौडमा कार्की र बराल प्रथम

पोखरा:    पृथ्वीनारायण क्याम्पसमा आयोजित पाँच किलोमिटर दौडमा छात्रतर्फ दक्ष कार्की र छात्रातर्फ संगीता बराल प्रथम भएका छन् । क्याम्पसले आयोजना गरेको अन्तर संकाय खेलकुद प्रतियोगितामा २७ छात्र र १९ छात्रा सहभागि थिए ।


क्याम्पस विद्यार्थी कल्याणका प्रमुख तथा कार्यक्रम संयोजक बोधराज ढकालका अनुसार छात्रतर्फ सरोज थापामगर द्वितीय र उमेश गुरुङ तृतीय भए । त्यस्तै छात्रातर्फ समीक्षा पोख्रेल द्वितीय र तृष्णा सुवेदी तृतीय भएका छन् ।


क्याम्पसको आयोजना तथा विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा भएको अन्तर संकाय खेलकुद प्रतियोगितामा मंगलबार सुरु भएको हो ।

 

प्रतियोगिताका अन्य खेलहरु आगामी शनिबारसम्म संचालन हुनेछन् । प्रतियोगितामा क्रिकेट, भलिवल, फुटबल, टेवलटेनिस र बास्केटलबलका खेलहरु हुनेछन् ।


कार्यक्रमको गण्डकी बोर्डिङ स्कुलका पूर्व प्राचार्य तथा नेपाल स्काउटका पूर्व महासचिव हेरम्बप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । क्याम्पस प्रमुख प्राडा सरोज कोइराला, प्रमुख अतिथि लगायतले खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्