मीनभवनमा ३ दिनमै लाइसेन्स ! पोखरामा कहिले ?
पाेखरा | पुस १३, २०८०
पाेखरा: यातायात व्यवस्था विभागले पुस १५ गतेदेखि ३ दिनमै सवारी इजाजतपत्र उपलब्ध गराउने भएको छ । तर यो सेवा भने सबै नागरिककालागि होइन ।
विभागले हालै जारी गरेको सूचना अनुसार विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) दिइनेछ ।
विशेष अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक तथा शान्तिसेना मिसनमा विदेश जाने नेपाली सेना र नेपाल प्रहरीलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र दिने विभागले जनाएको हो ।
सूचना अनुसार लाइसेन्स शीघ्र प्रिन्टका लागि पुस १५ गते आइतबारदेखि अनलाइन पोर्टलमार्फत आवेदन दिन आग्रह गरेको छ । ‘निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ,’ विभागले भनेको छ ।
विभागले प्रदान गर्ने उक्त सेवा मीनभवन, काठमाण्डौंबाटमात्रै उपलब्ध हुनेछ । यद्यपि, यसका सेवाग्राही भने देशभर छन् ।
यातायात व्यवस्था कार्यालय, गण्डकीबाट उल्लेखित सेवा सुरु हुन किन सम्भव भएन ? भन्ने प्रश्नमा कार्यालय प्रमुख जीतेन्द्र केसी भन्छन् ‘हाललाई मीनभवनबाटमात्रै हो, पोखरा वा अन्य स्थानबाट तत्काल सम्भव छैन ।’
कार्यालयमा प्रविधिको उपलब्धता नभएकाकारण तीन दिनमै सेवा दिन नसकिने उनको भनाई छ । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयले सफ्टवेयर र प्रिन्टर उपलब्ध गराइदिए हाताहाती लाइसेन्स दिन कुनै समस्या छैन’ प्रमुख केसीले भने ‘मेरो पहुँच पुग्ने व्यक्ति र निकायलाई आफुले बाराम्बार भनिरहेको छु, तर काम भएको छैन ।’
अध्ययन र मिसनमा जानेलाई उपलब्ध गराउन केही लाइसेन्सका कार्ड विभागले रिजर्बमा राखेको र सोही अनुसार उपलब्ध गराउँदै आएको उनको भनाई छ । मुलतः छपाईकै समस्याले हाल सेवाग्राही मर्कामा परेको स्वीकार्दै
उनले सरकारले पुस मसान्तभित्र प्रिन्टर खरिदको टेन्डर प्रक्रिया सक्ने र माघदेखि छपाई हुने जनाए ।
हाल चिट बोकेर सवारी चलाइरहेका चालकलाई छिट्टै लाइसेन्स दिने तयारी भइरहेको बताइए पनि २ वर्षयता सम्भव नहुने अनुमान छ । तर प्रमुख केसी भने सेवाग्राहीलाई आशावादी हुन आग्रह गर्दै भन्छन् ‘२ वर्ष लाग्दैन, वर्ष दिनभित्र कसो लाइसेन्स हात नलाग्ला, आशावादी बनौं, सरकार काम गर्दैछ ।’
गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...
मुस्ताङ: यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...
काठमाडौं: सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार ९कात्तिक १५० भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । ...

