शनिबार हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को तयारी पूरा
प्रजिना, जोन र स्रेगोको विशेष प्रस्तुती रहने
पाेखरा | पुस १९, २०८०
तस्बिर: प्रोसेस मल्ल
पोखरा: बाह्रसिङ्गे बियरको मुख्य प्रायोजनमा पोखरामा पहिलोपटक आयोजना हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
चङ्गा प्रोडक्सनको आयोजनामा यही पुस २१ गते शनिबार (जनवरी ६) पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा हुने ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ को सम्पूर्ण तयारी पूरा भएको प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए ।
उनका अनुसार फेस्टिबलमा प्रजिना, जोन चाम्लिङ राई र स्रिजल विक्रम भण्डमारी (स्रेगो)ले विशेष प्रस्तुती दिनेछन् भने हुबाको टिमले फेसन शो प्रस्तुत गर्नेछ ।
निर्देशक गुरुङले हुबाको कोरियोग्राफीमा पोखराकै मोडलहरुले फेसन शो गर्ने बताए ।
‘यस्तो कार्यक्रम पोखरामा पहिलोपटक आयोजना गर्दैछौ, निर्देशक गुरुङले भने, ‘यसले हाम्रै पोखराको र नवदीत कलाकारहरुलाई एक्सप्लोर गर्ने छ । त्यसैले हामीले आर्ट र म्युजिकलाई जोडेर फेस्टिबल आयोजना गरेका हौं ।’
उनले म्युजिक फेस्टिबलको माध्यमबाट संगीत र कलासँग जोडिएका संस्कृतिहरुको प्रर्वद्धन गर्ने विश्वास लिएको बताए ।
हुबा ब्राण्डले विगत दुई बर्षदेखि विभिन्न प्रकारका कपडालाई ब्राण्ड गर्दै आएको छ । युवाहरु मिलेर सञ्चालनमा ल्याएको हुबाले चङ्गा प्रोडक्सनसँग सहकार्य गर्न पाएकोमा हुबाका क्रियटिम म्यानेजर सुशिल सापकोटाले खुशी व्यक्त गरे । ‘चङ्गासँग हाम्रो पहिलोपटक अफिसियल्ली सहकार्य यो इभेन्टका लागि भएको छ, सापकोटाले भने, ‘यहाँहरुको इभेन्ट पृथक भएकाले पनि हामी चङ्गासँग कोल्याब्रेट गरेका हौं ।’
सापकोटाले अरुबेला हुने फेसन शो भन्दा चङ्गा फेस्टिबलमा फरक खालको शो हुने जानकारी दिए । ‘अरु बेलाको फेशन शो भन्दा यो इभेन्टमा फरक खालको शो देख्न पाउनुहुनेछ । म्युजिकमा र्याम्प वाक मात्र नभएर एक्टिङलाई पनि स्पेस दिएका छौ, उनले भने ।
सो फेस्टिबलमा द इन्फ्लेम ब्यान्ड, द अदृश्य किरण एण्ड मोर लगायतले सांगीतिक प्रस्तुती दिनेछन् ।
यस्तै सो फेस्टिबलमा विभिन्न आर्ट लगायत पोखरेली ब्राण्डहरुका करिब ४० वटा स्टल रहने छन् भने टिकट पृथ्वीचोकको कुन्तीमलस्थित बक बक क्याफेमा उपलब्ध रहेको छ ।
‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ युवाहरुको सशक्तिकरणमा टेवा पुर्याउने लक्ष्यसहित आयोजना गरेको बताइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

