पोखरामा रोटरी युथ लिडरसिप अवार्ड
पाेखरा | पुस २७, २०८०
पोखरा: रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत बिहीबारदेखि रोटरी युथ लिडरसिप अवार्ड (राइला) सुरु भएको छ ।
राइलाको पोखरामा आयोजित समारोहमा उद्घाटन गर्दै डिष्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजुले व्यक्तिगत क्षमता एवं नेतृत्व विकास, नेटवर्किङ र कम्युनिकेसन विकासमा यस कार्यक्रमले सघाउ पुग्ने बताए ।
उनले राइलाको महत्वबारे प्रकाश पार्दै पोखरामा विजेतालाई केन्द्रमा हुने राइलामा पनि अवसर दिइने बताए ।
डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले राइला रोटरीको अभिन्न अंग रहेको बताए । उनले युवामा निहित प्रतिभा प्रस्फुटन गर्दै नेतृत्व क्षमताको विकासका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने बताए ।
डिष्ट्रिक्ट राइला को–चेयर एवं कार्यक्रम संयोजक राजेन्द्र लिगलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विकल शेरचनले नेतृत्व क्षमताबारे प्रकाश पारेका थिए ।
यस्तै, रोटरीका मेम्बरसिप चेयर सुभाष सिग्देल, डिइआई कोचेयर एकनारायण ढकालले पनि बोलेका थिए । कार्यक्रममा स्वागत दिनेश मानन्धर र संचालन राइला सेक्रेटरी जसु गुरुङले गरेकी थिइन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका गाउँपालिकाअन्तर्गत लेवाडेमा चार दिनसम्म सञ्चालन हुने उक्त राइलामा विभिन्न जिल्लाबाट १६ देखि २० वर्ष उमेर समूहका ५२ जनाले भाग लिएका छन् ।
लेवाडेस्थित चिल्डे«न नेपालको फूलबारी रिसोर्स सेन्टरमा हुने कार्यक्रममा उनीहरुलाई २२ जना प्रशिक्षकले विभिन्न विधामा तालिम दिने छन् ।
डिष्ट्रिक्टले हरेक वर्ष आयोजना गर्दै आएको राइला कास्कीमा लामो समयपछि भएको हो ।
जसमा कास्कीका ९ वटै रोटरी क्लबहरुसहित १७ होस्ट र १० को–होस्ट छन् । गत वर्ष गोरखा र काठमाडौंमा यसप्रकारको कार्यक्रम भएको थियो । सहभागीको क्षमता र सिकाइ आधारमा राइला अवार्ड प्रदान गरिने रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
काठमाडौं: गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

