मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा बाँस्तोला

पाेखरा | माघ ७, २०८०

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा बाँस्तोला

पोखरा:   मुद्रण उद्योग संघ कास्कीको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनबाट चिन्तामणी बास्तोला अध्यक्ष पदमा सवैसम्मत चयन भएका छन् । उनी कञ्चन कम्प्युटर सेवाका सञ्चालक हुन् ।


संघको बरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बास्तोला (मोडर्न अफसेट), प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल (फिस्टेल पब्लिकेशन), द्धितिय उपाध्यक्षमा प्रकाशराज पौडेल (ओजन अफसेट), महासचिवमा पदम श्रेष्ठ (एफोर जेड ग्राफिक डिजाइन एण्ड पिन्टिङ प्रेस), सचिवमा राजन कुमाल (ग्राफिक सोलुशन), कोषाध्यक्षमा अनन्त प्रधानाङ्ग (अनन्त अफसेट प्रेस) र सहकोषाध्यक्षमा झङ्कनाथ अधिकारी (नारन) (शुभकामना अफसेट प्रेस) रहेका छन् ।


यस्तै सदस्यहरुमा कृष्णलाल रन्जित (रन्जित अफसेट), मनोज बाँस्तोला (ॐ प्रिन्टिङ हाउस), राजन पौडेल (लेकसिटी प्रिन्टर्स), विश्व प्रधान इमेज कपियर्स) र सुमन श्रेष्ठ (क्रिष्टल आर्ट) रहेका छन् । उनिहरुसबै सर्वसम्मत चयन भएका हुन् ।


अधिवेशनमा बोल्दै नवनिर्वाचित अध्यक्ष चिन्तामणी बास्तोलाले अघिल्लो कार्यसमितिका अध्यक्षहरुले प्रतिवद्धता र गरेका कामहरुलाई पुर्णता दिनुका साथै कास्कीमा रहेका मुद्रण व्यवसायीहरुको हक, हितका बारेमा योजनाबद्ध तरिका बाट विशेष काम गर्ने बताए ।


अध्यक्ष बास्तोलाले मुद्रण व्यवसायीहरु र व्यवसायीहरुको साझा संस्था मुद्रण उद्योग संघ कास्की विचको तारताम्य मिलाउन व्यवसायिक प्रवद्र्धन तालिमका कार्यक्रमहरु ल्याउनको लागि सम्बन्धित निकायहरुसँग पहल गर्ने जानकारी गराए । उनले भने “हामीले सधै काम मात्र भनेका छौं, व्यवासय गरेका छौं तर व्यवसायी बनेका छैनौं । यसलाई मुर्तरुप दिन तालिम तथा प्रशिक्षणको आवश्यकता छ” ।


त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले दियो वाली कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतिले उद्योग विना देशको विकास नहुने हुँदा उद्योग व्यवसायीहरुलाई सुरक्षित गर्नु राज्यको पहिलो कर्तव्य भएपनि सम्बन्धित निकायको चासो कमजोर रहेको भनाइ रहेको थियो ।


उनले मुद्रण उद्योग मानिस जन्म भन्दा अगाडि देखि मृत्यु परान्त पनि निरन्तर चल्ने पेशा भएपनि घरेलु उद्योगमा मात्र सिमित रहेको र यसलाई व्यवस्थित बनाउन पोखरा उद्योग वाणिज्य संघ साथमा रहेको जानकारी गराउँदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका पूर्व अध्यक्ष माधव केसीले आफ्नो नेतृत्वमा सरकारसँग केही उपलब्धिमुलक काम गरेपनि पछिल्लो समय निरन्तरता पाउन नसकेको गुनासो पोखेका थिए । केन्द्रले केन्द्रीय नीतिअनुसार काम गर्न नसक्नु, स्थानीय काम र स्थानीय तहमा काम गर्न नपाउनु जस्ता समस्याले मोफसलका व्यवसायीहरु मर्कामा परेका छन् उनले भने ।


कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष अरुण सापकोटा, लक्की गु्रपका अध्यक्ष दिनेश अर्याल, मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश अध्यक्ष बसन्त बास्तोला, कोषाध्यक्ष कोपिला श्रेष्ठ, मुद्रण उद्योग संघ कास्कीका सल्लाहकार कृष्णराज ढुंगाना र उद्योग वाणिज्य संघ कास्कीका सदस्य बालकृष्ण कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


१४ औं साधारण सभाको उद्घाटन कार्यक्रम महासचिव रामप्रसाद भुर्तेलले सञ्चालन र द्धितिय उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले स्वागत गरेका थिए भने चिन्तामणी बास्तोलाको अध्यक्षतामा भएको थियो । ५ औं अधिवेशनको निर्वाचान संयोजकमा महेन्द्र बजिमया र सदस्यहरुमा बसन्त बास्तोला र घनश्याम गौतम रहेका थिए । 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्