पोखरामा जीप दुर्घटना, चालक गम्भीर घाइते
पाेखरा | माघ १०, २०८०
                                
                                Photo: Balaram Timilsina
                                
                            पोखरा: पोखरामा आज बिहान दुध बाेकेकाे जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१८ सराङकोटबाट बागलुङ बसपार्क पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बर बोलेरो जीप दुर्घटना भएको हो । 
जीप दुर्घटना हुँदा चालक कृष्णबहादुर थापा गम्भीर घाइते भएका छन् । कास्की प्रहरीका अनुसार  उनलाई दुर्घटना स्थलबाट उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
जीपमा सवार चन्द्रकला थापा र हरिकला थापा सामान्य घाइते भएका छन् ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
                    
