अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने दुई ट्याक्टर गाउँपालिकाको नियन्त्रणमा

पाेखरा | माघ १०, २०८०

अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने दुई ट्याक्टर गाउँपालिकाको नियन्त्रणमा

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित अधेरीखोलामा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गर्ने दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको छ । 


अधेरीखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेर चोरी निकासी भएको सूचनापछि अस्थायी प्रहरी चौकी बाम्दीबाट खटिएको प्रहरीको टोलीले दुईवटा ट्याक्टरलाई हिजो (मंगलबार) नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको हो । 


प्रहरीले अधेरीखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको आरोपमा ग १ त ५२९० र ग १ त ६२१२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धानका लागि अन्नपूर्ण गाउँपालिकामा बुझाएको कास्की प्रहरीले जनाएको छ । 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्