पोखरामा २६ र २७ माघमा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता

पाेखरा | माघ २४, २०८०

पोखरामा २६ र २७ माघमा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका बुद्धिचाल संघको व्यवस्थापनमा आगामी शुक्रबार र शनिबार विद्यालयस्तरीय छात्र/छात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । 


पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका २५० जना छात्र÷छात्राको सहभागिता रहने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । स्वीस प्रणालीअनुसार ७ चरणमा खेल खेलाइने छ । प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा दुई टिम सहभागी हुन पाउने नियम राखिएको छ । एउटा टिममा दुई छात्र वा दुई छात्रा सहभागी हुन पाउने खड्काले बताए । 


प्रतियोगितामा छात्र/छात्रातर्फ प्रथम, द्वितीय, तृतीय हुनेले क्रमश: ७ हजार, ५ हजार र ३ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । चौंथो र पाँचौं हुनेले क्रमशः २ हजार र १ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने महानगर बुद्धिचाल संघका अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिए । छैटौंदेखि दसौं स्थानसम्म प्राप्त गर्ने ५ जना सहभागीले मेडल र प्रमाणपत्र पाउने उनले बताए । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्