फेकोफन २० को अध्यक्षमा रेशम
पाेखरा | फागुन १, २०८०

पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ पोखरा महानगर वडा नं. २० को अध्यक्षमा रेशम खत्री चयन हुनु भएको छ । वन समुहको भेलाले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
भेलाले उपाध्यक्षमा लक्ष्मी परियार, सचिव पवित्रा परियार, मुक्तिनाथ अधिकारी र सदस्यमा काशिराम गुरुङ, तुलसी तिमिल्सिना, धनबहादुर गुरुङ रहनु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले भेलाको उद्घाटन गर्दै स्थानीय सरकार र वन समुह बिच सुमधुर सम्वन्ध कायम गर्दै प्राकृति स्रोतको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
वन महासंघ वडालाई व्यवस्थित र चलायमान बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले कार्यालय स्थापनाका लागि आवश्यक कोठाको समेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सदस्यद्धय दिनेश श्रेष्ठ र जितवहादुर वस्नेतले प्राकृतिक स्रोतलाई जनताको जिविकोपार्जनसंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
फेकोफन पोखरा महानगरका अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव पार्वती सुवेदी, सदस्य विष्णु आचार्य लगायतले वनको महत्व माथि प्रकाश पार्दै स्वदेशी काठ उपयोग गर्नेखालको नीतिको खाँचो औल्याउनुभयो ।
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...
काठमाडौं: नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...
पोखरा: गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...