पोखरा–१४ मा भोलिदेखि स्थानीय महोत्सव

पाेखरा | फागुन ५, २०८०

पोखरा–१४ मा भोलिदेखि स्थानीय महोत्सव

पोखरा:    पोखरा महानगरपालिका १४ नम्बर वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक  आयोजना गरेको स्थानीय महोत्सवको तयारी पुरा भएको छ । 


पोखरा–१४ वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक आयोजना गरेको स्थानीय महोत्सवको तयारी पुरा भएको प्रचारप्रसार व्यवस्थापन समितिका संयोजक रामजी जिसीले जानकारी दिए  । 


स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा–१४ वडा कार्यालयले भोलि र पर्सी (फागुन ६ र ७ गते) स्थानीय महोत्सव आयोजना गरेको हो ।


पोखरा महानगरपालिका–१४ छिनडाँडा स्थित शुक्रराज बलभद्र माविको खेलमैदानमा आयोजना हुने महोत्सवमा १ सय वटा स्टलको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ । 


स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेको वडाध्यक्ष बोधबहादुर कार्कीले बताए । 


‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं ।’ वडाध्यक्ष कार्कीले भने । 


आइतबार र सोमबार सञ्चालन हुने स्थानीय महोत्सवमा स्थानीय मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने, आपसी सद्भाव र मित्रताको अभिवृद्धि गर्ने, खेलकुद संस्कृतिको विकास र स्थानीय पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्धेश्य राखिएको छ । 


दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा पोखरा–१४ भित्रका टोलस्तरीय रस्साकस्सी प्रतियोगिता, आमासमूहबीच रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र सेलरोटी पकाउने प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक केसीले बताए । 


महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कार्यक्रमहरुसमेत रहने उनले बताए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्