पोखरामा विद्यालयस्तरीय क्रिकेट सुरु, हिमालयन र गण्डकीको विजयी सुरुवात
पाेखरा | फागुन १०, २०८०
पोखरा: पोखरामा प्रथम संस्करणको पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
बि–बग इभेन्टको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हिमालयन मावि र गण्डकी बोर्डिङ स्कुलले विजयी सुरुआत गरेका छन् ।
पोखरा रंगशालामा भएको उद्घाटन खेलमा हिमालयन माविले बालमन्दिर माविमाथि सहज जित निकालेको हो ।
हिमालयनले बालमन्दिर माविलाई ११६ रनले पराजित गरेको हो । हिमालयनले दिएको १७९ रनको विशाल लक्ष्य पछ्याएको बालमन्दिर १२ ओभर ५ बलमा ६२ रनमै समेटिएको हो ।
बालमन्दिरका मनिल अर्यालले सर्वाधिक १५ रन जोडे । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा हिमालयनका सफल थापाल एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेको सफलले १८ रन खर्चेर ६ विकेट लिए । नविन भण्डारीले २ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ रोजेको हिमालयनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।
हिमालयनका लागि अभिषेक थापामगरले सर्वाधिक ४८ रनको योगदान दिए । सफल थापाले ३१ रन जोडे । बलिङमा बालमन्दिरका सुमन अधिकारी र सौगात लामिछानेले २–२ विकेट लिए ।
दोस्रो खेलमा गण्डकी बोर्डिङ स्कुलले छोरेपाटन माध्यमिक विद्यालयलाई ९ विकेटले पराजित गरेको हो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा छोरेपाटनले दिएको ३३ रनको सामान्य लक्ष्य गण्डकीले ४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग¥यो ।
गण्डकीका लागि मनोज भण्डारीले सर्वाधिक १५ रन र रजत पौडेलले १० रन बनाए । छोरेपाटनका सदिर्श पौडेलले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको छोरेपाटन मावि १२ ओभर ३ बलमा ३२ रनमा समेटिएको थियो । छोरेपाटनलाई सस्तोमा समेट्न गण्डकीका आरोग्य भण्डारी र रजत पौडेलले समान ३ विकेट लिए ।
३ आभेर बलिङ गरेका भण्डारीले ३ रन र पौडेलले १० रन खर्चिए । छोरेपाटनका उत्सव त्रिपाठीले सर्वाधिक १२ रन बनाए अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलको प्लेयर अफ दि म्याच रजत पौडेल घोषित भए ।
फागुन १६ गतेसम्म चल्ने प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल, उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताले विद्यालय तहबाटै क्रिकेटको विकास गर्न मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

