तमु साँस्कृतिक प्रतिष्ठानद्धारा पत्रकार हुम, एसियाड एरिका तमु सम्मानित
पाेखरा | फागुन १०, २०८०

पोखरा: ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ नारासहित क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ ।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा “स्व. पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार“ द्वारा वरिष्ठ पत्रकार, सामाजिक अभियन्ता, अधिकारकर्मी एवम् राजनीतिज्ञ कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुम तमु,“स्व. घनबहादुर स्मृति पुरस्कार“ लमजुङ, घाम्राङका साहित्यकार केयरसिं तमुलाई, “स्व. क्या. मिनबहादुर स्मृती पुरस्कार“ कलाकार मनबहादुर तमु (माधव), “लालशोभा उत्कृष्ट आमा अवार्ड“ चितवन, माडीका अनुपम तमुका आमा शान्तामाया तमु र “उच्च शिक्षा पुरस्कार“ गोर्खा, सिरानचोकका ई. टकबहादुर तमुलाई सम्मान गरिएको थियो ।
यस्तै “खेलाडी सम्मान“ द्वारा चीनको हाङजाउ शहरमा भएको १९ औं एसियन गेममा नेपाललाई रजत पदक हासिल गर्न सफल एरिका तमुलाई २५ हजार रुपैयासहित प्रतिष्ठानले सम्मान गरिएको थियो भने विभिन्न खेल संस्था, खेलाडीहरु र संघ संस्थाका अगुवाहरुको तर्फबाट नगद, सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा यू.के. निवासी प्रनिशा तमुले प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थी फार्मेसीमा स्नातक तह अध्ययनरत स्नेह तमुलाई शैक्षिक सहयोगका लागि ल्यापटप हस्तान्तरण गरिएको थियो ।
ग्रामिण भेकका सामुदायिक विद्यालयमा अध्ययनरत नेपालका २५ जिल्लाका २५० भन्दा बढी विद्यार्थीहरुलाई विभिन्न अक्षयकोषदाता सहयोगीहरुको कोषबाट छात्रवृत्ति वितरण गरिरहेको प्रतिष्ठानलाई आगामी वर्षदेखि थप ९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि तमु धिं युके, तमु धिं बेल्जियम लगायत विभिन्न दाताहरुले ११ लाख २५ हजार रुपैया अक्षयकोष रकम हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा पोंचोंको तमु समाज, चिउली पार्चे तमु समाज, पैंयूखोला तमु समाज, प्रतिष्ठानका विद्यार्थी कलाकारहरु एवम् जोनिशा तमुको नृत्य प्रस्तुतिले थप मनोरञ्जन प्रदान गरेको थियो भने प्रतिष्ठानका नयाँ आजिवन सदस्यहरुलाई सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व कृषि मन्त्री माननीय वेदबहादुर तमु (श्याम)ले शुभकामना व्यक्त गर्नुहुदै तमु साँस्कृतिक प्रतिष्ठान एक उत्कृष्ट संस्था रहेको क्रियाशिल रहेको बताउनुभयो। उहाँले राज्यले गर्न नसकेको कार्य तमु संस्कृतिक प्रतिष्ठानले गरेको र दक्ष युवा स्वदेशमै केही गर्ने युवाहरु निर्माण आजको आवश्यकता रहेको बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष चित्र तमुको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, सम्मानित हुम बहादुर गुरुङ, एरिका गुरुङ आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्रीजंग गुरुङ र कार्यक्रम सञ्चालन सचिव कञ्चन गुरुङ, विद्यार्थी समितिका सचिव कविता तमु र सह–सचीव प्रज्वल तमुले कार्यक्रम सन्चालन गर्नुभएको थियो।
धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...
काठमाडौं: वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विभागले कार्यविधि ...
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ...