विद्यार्थीलाई स्टेशनरी वितरण तथा सचेतना

पाेखरा | फागुन १७, २०८०

विद्यार्थीलाई स्टेशनरी वितरण तथा सचेतना

पोखरा:      वरपाटनस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ ।


रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।


सो अवसरमा कक्षा १ देखि ४ सम्मका ६० जना बालबालिकालाई झोला, स्टेशनरी तथा सचेतनाका लागि आयोडिनयुक्त नून वितरण गरिएको थियो ।


साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचनले आयोडिनबारे सचेतना दिन फेब्रुअरीभरि विविध कार्यक्रम गरिएको बताए । आयोडिन मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्व भएको बताउँदै उनले दुई बालबालिकाको चिन्हअंकित आयोडिनयुक्त नून नै खानुपर्ने सुझाव दिए । गर्भवती महिलामा आयोडिन कमीले सुस्त मनस्थिति, लाटो तथा विकलाङ्ग बच्चा जन्मिन सक्ने भएकोले सचेत रहनुपर्ने बताए । उनले हावा, पानी र तापको सम्पर्कबाट नून बचाउनुपर्ने सुझाव दिए ।


रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले अहिलेका बालबालिका भविष्यका कर्णधार भएकोले आयोडिनयुक्त नून प्रयोग गरी विकलाङ्ग हुनबाट बचाउनुपर्ने बताए । उनले रोटरी लेकसाइडले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी नै मिलेर काम गर्ने बताए ।


राष्ट्रिय उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हकहितका पक्षमा बोलेका थिए । उनले मानव स्वास्थ्यका लागि आयोडिनयुक्त नूनको आवश्यकता औंल्याए ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र बाटाजूले विद्यालयको आम्दानीको स्रोत खासै नभएको बताउँदै गरिब वर्गका बालबालिकाको शिक्षाका निम्ति भने रोजाइ थलो बनेको बताए ।


विद्यालयका प्रअ वसन्तराज पाण्डेले सहयोगप्रति आभार व्यक्त गरे । २०२१ माघ २३ गते स्थापना भएको विन्ध्यवासिनी माविमा हाल कक्षा १२ सम्म ६ सय विद्यार्थी पढ्ने गरेको बताए । शिक्षक कर्मचारी २७ जना छन् । प्लस टुमा व्यवस्थापा र शिक्षा संकाय संचालित छ ।


समारोहमा शिक्षासेवी विकल शेरचन, विद्यालयको शिक्षक अभिभावक संघ अध्यक्ष प्रेमप्रसाद गुरुङ, शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति थियो ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्