लामाचौरमा गुडिरहेको बस माथि विद्युतको पोल ढलेपछि...

पाेखरा | फागुन २३, २०८०

लामाचौरमा गुडिरहेको बस माथि विद्युतको पोल ढलेपछि...

पोखरा:      पोखराको लामाचौरमा गुडिरहेको स्कुल बस माथि विद्युत पोल ढलेको छ । बुधबार बिहान लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको स्कुल बस माथि विद्युत पोल ढलेको स्थानीयहरुले बताएका छन् । 


स्थानीयका अनुसार लामाचौरबाट विद्यार्थी लिएर नदीपुरतर्फ आउँदै गरेको ग १ क २३९४ नम्बरको स्कुल बस माथि विद्युतको पोल ढलेको हो । विद्युत पोल ढलेपछि त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । 


नेपाल विद्युत प्राधिकरण मालेपाटन शाखाका सूचना अधिकारी प्रदिप कुमार भुवाजीले लामाचौरमा विद्युतको पोल ढलेको सूचना प्राप्त भएको जानकारी दिए । 


‘ लामाचौरबाट नदीपुरतर्फ आउँदै गरेको स्कुल बसमाथि विद्युतको पोल ढल्यो भन्ने सूचना आएको छ’, भुवाजीले भने, ‘बसले ठक्कर नदिई पोल ढल्दैन हाम्रो टोली लामाचौरतर्फ जाँदै छ, थप विवरण केही समयमा आउँला ।’


विद्युतको पोल स्कुल बस माथि ढले पनि मानविय क्षति भने भएको छैन् ।  


 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्