पोखराको बेसीमार्गमा सरकारी जग्गा मिचेर बनाइएका संरचनामा महानगरको डोजर
पाेखरा | फागुन २४, २०८०
पोखरा: पोखरा महानगरपालिका–२ बेसीमार्गमा सरकारी जग्गा मिचेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । सरकारी जग्गामा व्यक्तिले मिचेर बनाइएका संरचनामा वडा कार्यालयको पहलमा आज (बिहीबार) डोजर लगाएर भत्काएको हो ।
पोखरा महानगरपालिका–२ का वडाध्यक्ष विवसमान प्रधानाङ्गले सरकारी जग्गा मिचेर बनाइएका १ सय मिटर क्षेत्रको अस्थायी संरचना हटाइएको बताए ।

‘वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सार्वजनिक जग्गा मिचेर व्यक्ति र विद्यालयले वाल निर्माण गरेका थिए’, वडाध्यक्ष प्रधानाङ्गले भने, ‘जिल्ला नापी कार्यालय कास्कीको फिल्ड वुकमा यस स्थानमा सार्वजनिक बाटो कायम छ, सरकारी जग्गामा निर्माण भएका अस्थायी संरचना हटाउन सूचना प्रकाशित गरिएपनि नहटाएपछि आज हटाएका हौं ।’
उनले अस्थायी संरचना हटाइएका सार्वजनिक क्षेत्र वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुलसम्म सडक निर्माण हुने बताए ।
पोखरा महानगरपालिका–२ ले सार्वजनिक जग्गा मिचेर बनाइएका वर्की चौतारादेखि लाभिन रेसिडेन्सियल स्कुल गेटसम्म करिव १ सय मिटर लम्बाई र ६ मिटरको चौडाइमा पक्की सडक बनाउने योजना अगाडि सारेको छ ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

