हेमजामा १२ औं  आलु महोत्सवको तयारी तीब्र

पाेखरा | चैत ११, २०८०

हेमजामा १२ औं  आलु महोत्सवको तयारी तीब्र

पोखरा:      बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तीब्र पारिएको छ । 


चैतको २५ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र पारिएको आइतबार  मुल आयोजक समिति तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ ।


बैठकमा टिकट, स्थानीय पास तथा एक दिने पासको बारेमा छलफल गरिएको छ । यही चैत १५ गतेदेखि स्थानीय पास वितरण गरिने महोत्सव मुल आयोजक समितिका महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको तयारी स्वरुप आमा समूह तथा केही संघ संस्थासँग प्रारम्भिक चरणको छलफल सकिएको छ । साथै विभिन्न स्थानमा गेट बनाउने काम भइरहेको छ।त्यसै गरि सार्वजनिक बसमा ब्यानर राखिएको छ।


महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो । 


महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।


कोरोना भाइसरका कारण बीचमा ३ वर्ष रोकिएको महोत्सवलाई गत वर्षदेखि क्लबले निरन्तरता दिएको हो ।यस वर्ष महोत्सवमा करिब ५० टन आलु बिक्री हुने आयोजकको अपेक्षा छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्