अनुभव आदानप्रदान गर्दै सामुदायिक सेवा केन्द्र वगर
पाेखरा | चैत १२, २०८०
पोखरा: सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले मैत्रीपूर्ण अवलोकन भ्रमण गरेको छ ।
नुवकोट जिल्लाको नुवाकोट दरवार, ऐतिासिक धार्मिक स्थल देवि घाट, वनदेवि मन्दिर, जिल्ला प्रहरी कार्यालय रसुवा, धुन्चे, नेपाल चीनको सिमाना रसुवागढीका महत्वपूर्ण ठाउँहरुको अवलोकन गरिएको थियो ।
केन्द्रले हरेक वर्ष गरेका कार्यक्रमको अनुभव आदानप्रदान र त्यस क्षेत्रमा रहेका सामुदायिक र प्रहरी कार्यालयका गतिविधि वारे जानकारी लिने उद्देश्यले अवालोकन भ्रमण गर्दै आएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।
‘विशेष गरी ती जिल्लामा भएका सामुदायिक सेवा केन्द्रका बारेमा जानकारी लिइ अनुभव साटासट गर्ने उद्देश्यले अवलोकन भ्रमण रहेको थियो’ अध्यक्ष अधिकारीले भने, ‘धेरै जिल्लामा सामुदायिक सेवा केन्द्र गठन हुन नसेको भएका पनि सक्रियता नभएकाले सामुदायिक सेव केन्द्र स्थापन र सक्रिया बढाउन आवश्यक रहेको छ ।’
त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय रसुवामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक सुवाष वुढाथोकीले कास्की जिल्लाम सामुदायिक प्रहरीको सक्रियता अरु जिल्लाले पनि सिको गर्नु पर्ने बताए ।
‘कास्की जिल्लामा गठन भएका सामुदायिक प्रहरी सेवाको सक्रियताबारे नजिकबाट नियाल्ने अवसर मिलेको थिएन आज रसुवामा नै आएर त्यहाँको वारेमा जानकारी लिने मौका मिल्यो’ प्रहरी उपरीक्षक बुढाथोकीले भने, ‘समुदायक सँग प्रहरीको समन्वय गर्नका लागि हरेक जिल्लामा सामुदायिक सेवा केन्द्र आवश्यक रहेको छ ।’
रसुवामा सामुदायिक सेवा केन्द्र नरहेको उल्लेख गर्दै उनले समुदायसँग नजिक हुनका लागि प्रत्येक घरमा प्रहरीको महत्वपूर्ण फोन नम्वर सहितको स्टिकर टास्ने अभियान गरिएको जानकारी दिए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले सामुदायिक सेवा केन्द्र वगरले गरेका गतिविधि जानकारी दिए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी पूर्व अध्यक्ष तथा सल्लाहकार जीवन अधिकारीले समुदाय र प्रहरी वीचको समन्वमा समाजका विकृति विसंगती न्यूनिकरण गर्न सहजता हुने बताइन् ।
अवलोक भ्रमणमा ३४ जनाको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण बहादुर तामाङले जानकारी दिए । कार्यक्रमको सहजिकरण प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहले गरेका थिए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

