नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पाेखरा | चैत १८, २०८०
पोखरा: नेशनल क्रियशन एकेडेमी पोखरा– ८ नागढु·ामा शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको २०७९ को शैक्षिक तथा २०८० को अतिरिक्त क्रियाकलापको पुस्कार वितरण गरिएको हो । कार्यक्रममा शैक्षिक तर्फ ट्रफी र अतिरिक्त क्रियाकलाप तर्फ मेडल प्रदान गरिएको थियोे ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानेन्द्र बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हर पल लागि रहेको बताए ।
‘नयाँ नयाँ प्रविधिको विकास सँगै विद्यालयको पठन पाठनलाई पनि प्रविधि मैत्री बनाउदै गएका छौं’ संस्थापक प्रिन्सिपल थापाले भने,‘ विश्व वाजरमा विक्ने खालको शिक्षा दिन विद्यालय तल्लीन छ ।’
उनले हरेक वर्ष विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरणले थप उर्जा मिल्ने साथै सांस्कृति कार्यक्रमले प्रतिभा प्रस्फुटन गर्न मद्दत मिल्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रशाशक विक्रम बहादुर थापा, अतिरिक्त क्रियाकलाप प्रमुख सुदामा रेग्मी, नेपाली विभाग प्रमुख सृजना आचार्य थापाले बोलेका थिए ।
उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

