लायन्स क्लब पोखरा पिस सिभिकको अध्यक्षमा विकास कँडेल

पाेखरा | चैत २५, २०८०

लायन्स क्लब पोखरा पिस सिभिकको अध्यक्षमा विकास कँडेल

पोखरा:     लायन्स क्लब अफ पोखरा सिभिकको अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिबेशनबाट लायन वर्ष २०२४÷२५ को अध्यक्षमा विकास कँडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।


क्लबको प्रथम उपाध्यक्षमा मित्रबन्धु बराल, द्वितीय उपाध्यक्षमा गणेश पराजुली, तृतीय उपाध्यक्षमा यज्ञप्रसाद तिवारी, सचिवमा हरिप्रसाद अधिकारी, क्लब प्रशासकमा विनोद बराल, कोषाध्यक्षमा राजु कुँवर, सहसचिवमा मनमोहन अधिकारी, सह–कोषाध्यक्षमा रामचन्द्र अधिकारी चयन भएका छन् । 


यसैगरी, क्लब मेम्बरशिप चियर पर्सनमा नवराज अधिकारी, एलसिआइफ कोर्डिनेटरमा दीपेन्द्र बहादुर आले निर्वाचित भएको क्लबले जनाएको छ ।


कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगाना, क्लबका संस्थापक अध्यक्ष पवित्रराज तिवारी, पूर्व अध्यक्षहरू युवराज खनाल, बुद्वीराज बराल (प्रदीप), किरण ढकाल, रामकृष्ण तिवारी निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष विनोद भुजेल लगायतले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्णलाई बधाई सहित शुभकामना दिएका थिए । 


क्लबका अध्यक्ष रेशम खड़काको अध्यक्षतामा भएको कार्यक्रममा कोषको वारेमा जानकारी कोषाध्यक्ष हरिप्रसाद अधिकारीले र स्वागत प्रथम उपाध्यक्ष विकास कँडेलले र संचालन सचिव यज्ञप्रसाद तिवारीले गरेका थिए ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्