सकियाे 'स्टार्स समर क्याम्प -२०८०'
पाेखरा | चैत ३०, २०८०
पोखरा: तेस्रो संस्करणको स्टार्स समर क्याम्प २०८० बुधवार समापन भएको छ ।
स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा गत चैत १९ गते सुरु भएको कार्यक्रममा देश तथा विदेशका करिब ३५ भन्दा बढी बालबालिका सहभागी भएको कुरा आयोजकले बताए ।
परीक्षा पश्चात फुर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा योगा,नाटक, पब्लिक स्पिकिङ,फेस पेन्टिङ, गायन, नृत्य, सँगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ, चित्रकला जस्ता ४५ भन्दा बढी गतिविधिहरू भएको कुरा कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् ।
कार्यक्रममा सहभागी बालबालिकाहरूले व्यक्तित्व विकास, सिर्जनात्मक सिकाई, मानसिक स्वास्थ्य, सामाजिक पाटोबारे बुझाउन पाएको कुरा गुरुङले बताइन् ।
लेकसाइडमा आयोजना भएको कार्यक्रममा चर्चित समर क्याम्प मेन्टर एलिजावेथ रोब सहभागी भएकी थिइन्। एलिजावेथले यस्ता कार्यक्रम नेपालमा भएको थाहा पाउदा आफू ज्यादै खुसी लागेको र बालबालिकालाई फाइदाजनक भएको कुरा बताइन्।
१० दिने कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिए वापत सुहना गुरुङलाई स्टार्स समर क्याम्प च्याम्प घोषणा गरियो । आयोजकले आवास, यातायात, खानाखाजा, स्वास्थ्यकर्मी तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको आयोजकले जनाए ।
कोभिडले आक्रान्त पारेको बेला समर क्याम्पको खाका कोरेको संयोजक गुरुङले बताइन् ।
"कोभिडले घरमा थुनिँदा बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा निकै असर गरेको देखेँ। यो कार्यक्रम आयोजना गर्न पाए निकै राम्रो हुन्छ जस्तो लाग्यो ।" उनले भनिन्, " त्यति मात्र हैन अहिलेको बालबालिका कोठामा एक्लै घन्टौँसम्म मोबाइल चलाएर बस्छन्। उनीहरूलाई ग्याजेट एडिक्सनबाट छुटाउनु पनि कार्यक्रमको उदेश्य थियो। " उनले निकै प्रभावकारी भएको हुनाले वार्षिक रूपमा गर्दै आइरहेको यस कार्यक्रमलाई वर्षमा दुई पटक गर्ने जनाइन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

