सेती नदीमा जगत पुन मृत फेला
पाेखरा | बैशाख ३, २०८१
पोखरा: कास्कीका माछापुच्छ«े गाउँपालिका घर भएका जगत पुन सेती नदीमा मृत फेला परेका छन् ।
बैशाख १ गतेदेखि हराइरहेका जगत पुन आज (सोमबार) सेती नदीमा मृत फेला परेका हुन् ।
कास्कीका माछापुच्छ«े गाउँपालिका–१ करुवा बस्ने अन्दाजी २५ वर्षीय जगत पुन वैशाख १ गतेदेखि कसैको सम्पर्कमा नआएपछि आफन्तले खोजतलाज गर्ने क्रममा आज सेती नदी किनारामा उनको कपडा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
खोजतलाज गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण पोखराबाट खटिएको सशस्त्र प्रहरी बल तथा गोताखोर टोलीले जगत पुनलाई मृत फेला पारेको थियो ।
शवलाई स्थलगत मुचुल्का तयार गरेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

