सेती नदीमा जगत पुन मृत फेला
पाेखरा | बैशाख ३, २०८१
                                
                            पोखरा: कास्कीका माछापुच्छ«े गाउँपालिका घर भएका जगत पुन सेती नदीमा मृत फेला परेका छन् ।
बैशाख १ गतेदेखि हराइरहेका जगत पुन आज (सोमबार) सेती नदीमा मृत फेला परेका हुन् । 
कास्कीका माछापुच्छ«े गाउँपालिका–१ करुवा बस्ने अन्दाजी २५ वर्षीय जगत पुन वैशाख १ गतेदेखि कसैको सम्पर्कमा नआएपछि आफन्तले खोजतलाज गर्ने क्रममा आज सेती नदी किनारामा उनको कपडा देखेपछि प्रहरीलाई खवर गरेका थिए । 
खोजतलाज गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण पोखराबाट खटिएको सशस्त्र प्रहरी बल  तथा गोताखोर टोलीले जगत पुनलाई मृत फेला पारेको थियो । 
शवलाई स्थलगत मुचुल्का तयार गरेर पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
 
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
                    
