१२ औं पोखरा महोत्सवबाट ३८ लाख ९५ हजार बचत

क्लबका परिकल्पनाकारहरुलाई सम्मान

पाेखरा | बैशाख ८, २०८१

१२ औं पोखरा महोत्सवबाट ३८ लाख ९५ हजार बचत

पोखरा:  युनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसरमा १२ औं संस्करणको पोखरा महोत्सवको आयव्यय सार्वजनिक गरेको छ ।
 

 

अमरसिंहचौरमा गत पुषको २६ देखि माघको ८ गतेसम्म आयोजना गरेकोे पोखरा महोत्सवबाट कुल ३८ लाख ९५ हजार बचत भएको क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाले जानकारी दिए ।

 

उनका अनुसार महोत्सवमा कुल आम्दानी १ करोड ७४ लाख ३० हजार भएको थियो भने खर्च १ करोड ३५ लाख ३५ हजार खर्च भएको थियो । 

 

उनले महोत्सवबाट बचत भएको (३८ लाख ९५ हजार) बचत रकमले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य निर्माणमा खर्च गरिने बताए ।

 

सोही कार्यक्रमको अवसरमा क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान अर्पण गर्याे । 

 

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अध्यक्ष राजु श्रेष्ठ लगायतले सम्मानपत्र, दोसल्ला, मालाले सम्मान गरे । 

 

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री समेत रहेका बेदबहादुर गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा रहेको एकमात्र अब्बल क्लब युनाइटेड क्लब रहेको धारणा व्यक्त गरेका थिए ।

 

क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका महासचिव दिनेस सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । 

पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।   कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता ल...

थप पढ्नुहोस्

लमजुङ:  लमजुङ क्होलासोथर गाउँपालिकाका मंगलबहादुर बिक बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् ।   क्होलासोथर गाउँपालिका ७ का वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार बेपत्ता बिक आज रुदी खोला किनारम...

थप पढ्नुहोस्

काठमाडौँ:   फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बने...

थप पढ्नुहोस्