पोखरामा ड्युटीकै प्रहरीमाथि हातपात: अरविनविरुद्व चल्यो मुद्धा

पाेखरा | बैशाख १०, २०८१

पोखरामा ड्युटीकै प्रहरीमाथि हातपात: अरविनविरुद्व चल्यो मुद्धा

पोखरा:  कास्की प्रहरीले ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा अरविन थापामगरविरुद्द मुद्धा चलाएको छ । 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार थापामगरले गत ४ गते पोखरा ५ फिर्के पुलमा चेकिङमा रहेका प्रहरीलाई अभद्र व्यवहारसहित हातपात गरेका थिए । 

 

त्यसपछि नियन्त्रणमा लिएर उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा चलाइएको प्रहरी निरीक्षक भानु शर्माले बताए । 

 

‘हाइवेलक्षित नियमित चेकिङ योजना अनुसार काम गरिरहेको अवस्था छ । फिर्केपुलमा चेकिङको क्रममा बा ०२०२४ प ३५४८ नम्बरको बुलेट र ग १३ प ८७२ नम्बरको स्कुटर चालक मापसे गरेको अवस्थामा भेटिएपछि नियमअनुसार कारवाही गर्ने क्रममा प्रहरीमाथि नियोजित तवरले हातपात भयो, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘त्यसपछि हातपात र मुक्का प्रहार गर्ने स्कुटर चालक अरविन थापामगरविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा चलाइएको हो ।’

 

उनले हाइवेलक्षित नियमित चेकिङ योजनाको कार्यक्रमले निरन्तरता पाउने बताए ।

 

कास्की प्रहरीले पछिल्लो समय स्वरुप परिवर्तन गरिएको मोटरसाइकल र मिटरमा चल्न नमान्ने ट्याक्सीहरुमाथि पनि निगरानी बढाएको छ ।


 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्