पोखरा १०: वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी सहयोग

पाेखरा | बैशाख ११, २०८१

पोखरा १०: वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी सहयोग

पोखरा:  पोखरा महानगरपालिका वडा कार्यालय १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी समाग्री वितरण गरेको छ । 

 

वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी  सामाग्री वितरण गरेको हो ।  

 

वडा कार्यालयले कालिका नमुना मावि, कुँडहर आधारभुत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा २ सय थान स्टेशनरी सामाग्री वितरण गरेको वडाध्यक्ष राजेश गुरुङले जानकारी दिए ।

 

उनका अनुसार कालिका माविलाई ८५ थान, कुँडहर आधारभुत विद्यालयलाई ६५ थान र पट टासी छ्योएलिङ गुम्बा विद्यालयलाई ५० थान स्टेशनरी प्रदान गरिएको छ ।

 

पोखरा महानगरभित्र रहेर पनि हालसम्म कम्प्युटर उपलब्ध नभएको कुँडहर आधारभुत विद्यालयमा यसअघि पाँच थान कम्प्युटरसमेत प्रदान गरिसकेको अध्यक्ष गुरुङले स्मरण गर्दै शिक्षालाई गुणस्तरीय बनाउनका लागि वडा सदैब पहल गर्ने बताएका थिए ।

 

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्यहरु नरदेवी गुरुङ, सुनिमाया नेपाली, परमेश्वर बहादुर कार्की, वडा सचिव दमयन्ती पराजुली, कालिका माविका प्रध्यानाध्यापक बलराम गिरी, कुँडहर आधारभुत विद्यालयका प्रध्यानाध्यापक नन्दकिशोर बराल, पल टासी छ्योयलिङ गुम्बाका विद्यालयका प्रमुख अनिता गुरुङ, कुँडहर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिना, कालिका उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक थापा लगायतको उपस्थिती रहेको थियो । 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्