पोखरा १३: ‘सीप सिकौं, दक्ष बनौं’

निशुल्क तालिममा ४५ जना लाभन्वित

पाेखरा | बैशाख १२, २०८१

पोखरा १३: ‘सीप सिकौं, दक्ष बनौं’

पोखरा:    ‘सीप सिकौं, दक्ष बनौं’ भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ । 

 

एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क रुपमा उपलब्ध गराइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । 

 

वडाको भौतिक विकास सँगै नैतिक विकासमा पनि आफु सचेत रहेको उनले उल्लेख गरे । वडाका बेरोजगार युवाहरुलाई सीपमुलक तालिम दिलाई रोजगार दिलाउने उद्देश्य स्वरुप कार्यक्रम गरिएको उनले बताए । 

 

‘वडाको विकास भनेको भौतिक मात्र होइन, नैतिक पनि हो । बेरोजगार युवाहरुलाई सीपमुलक तालिम उपलब्ध गराई रोजगारी दिलाउने उद्देश्य हो । सीप सिकेर दक्ष बनी आर्थिक उपार्जनमा सक्षम बनाउने बाटोमा वडा अग्रसर छ’, उनले भने । 

 

बरालका अनुसार अहिले सबै गरेर ४५ जना युवायुवतीले निशुल्क तालिम लिइरहेका छन् । निशुल्क तालिम लिन पाउँदा युवायुवतीमा जाँगर भरिएको उनले बताए । 

 

वडाले उपलब्ध गराएको निशुल्क तालिमले आत्मनिर्भर बन्न सिकाउने उनले उल्लेख गरे । सीप सिकेर खाली बस्नुपर्ने अवस्था सिर्जना नहुने उनले बताए । भौतिक विकास सँगै, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा पोखरा १३ क्रियाशिल छ ।

 

 स्थानीय नागरिकको अपेक्षा अनुसारको कार्यलाई क्रमागत रुपमा अगाडि बढाउदै लैजाने प्रतिबद्धता समेत वडाध्यक्ष किरण बरालले गरेका छन् ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्