पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका: मुख्यमन्त्री अधिकारी

पाेखरा | बैशाख १२, २०८१

पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका: मुख्यमन्त्री अधिकारी

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्पूर्ण हुने बताएका छन् । 

 

पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

‘एयरपोर्टदेखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ,’ उनले भने ।  

 

पोखरालाई पर्यटकीय राजधानी घोषणा नेपाल सरकारको तर्फबाट गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनको गुनासो थियो । 

 

यति हुँदा हुँदै पनि प्रधानमन्त्रीको मुखारविन्दबाट घोषणा हुनु भने सुखद रहेको धारणा राखे  । 

 

निजी क्षेत्रबाट २५ औं करोड लगानी गरेर चारतारे स्तरको होटल सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गरे ।

 

२०६६ सालबाट थ्रीस्टारको सुविधा दिएको होटल स्तरोन्नती गरेर फोर स्टार लेभलमा सञ्चालन गर्न लागिएको सञ्चालक हरी शर्मा गैह्रेले जानकारी दिए ।

 

होटलमा डिलक्स, सुपर डिलक्स, हनिमुन, स्विट गरेर ६५ वटा रुम र तीनवटा हल रहेको छ । 
 
 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्