थाइल्यान्डमा राजदूतसँग टेवानको अन्तरक्रिया: पोखराको पर्यटन प्रवर्द्धनमा जोड

पाेखरा | असार २, २०८१

थाइल्यान्डमा राजदूतसँग टेवानको अन्तरक्रिया: पोखराको पर्यटन प्रवर्द्धनमा जोड

पोखरा:  पोखराको पर्यटन प्रबद्र्धनका लागि विदेश भ्रमणमा रहेका पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोलीले थाइल्यान्डस्थित नेपालको राजदूतावासमा अन्तरक्रिया सम्पन्न गरेको छ । 

 

पोखराको पर्यटन, पर्यटकीय गन्तव्य, पर्यटन व्यवसायी, स्थानीय सरकारलगायतले गर्नुपर्ने भुमिकाबारे सुझावलगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

 

सो अवसरमा बोल्दै नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर ओलीले पोखराको आकर्षण प्रकृति भएकाले पोखराले आफ्नो प्राकृतिक सम्पदाको जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

 

उनले भने, ‘प्रकृति भनेको नै पोखरा हो, यहाँको प्रकृतिमा रम्न पर्यटक पोखरा आउने हुन् त्यसैले प्रकृतिलाई जोगाउदै पोखराको पर्यटन प्रबद्र्धन गरिनुपर्छ’ । उनले कुनै समय पोखरा घुम्न पुगेको स्मरण गर्दै बिरामी व्यक्ति पनि स्वस्थ बनाउन सक्ने विशेषता पोखराको प्रकृतिमा भएको सुनाए । 
 

थाइल्यान्डको पर्यटकीय गतिविधि, सरकारले अपनाएको नीतिबारे जानकारी दिदै राजदूत ओलीले पोखराले आफ्नो स्थानीय रुपमा उत्पादित मौलिक खाना जोड दिनुपर्ने बताए । विदेशबाट प्रकृतिमा रम्न पुगेका पर्यटकलाई पोखराले आफ्नै मौलिक खाना खुवाउनुपर्ने उनले सुझाए । 
 

थाइ नेपाली संघका संरक्षक कुमार कार्कीले थाइल्याण्डमा पर्यटन प्राथमिकता भएजस्तै नेपालमा पनि पर्यटनको क्षेत्र उच्च प्राथमिकतामा हुनुपर्नेमा जोड दिए ।

 

उनले पोखरा घुम्नका लागि प्रवर्द्धनात्मक गतिविधिको खाँचो रहेको औल्याउदै पर्यटनको क्षेत्रमा थुप्रै अवसर रहेको सुनाए । 

 

गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष रविन्द्र बस्नेतले पर्यटनमा लगानीको आवश्यकता रहेको बताउँदै नेपालमा लगानी गर्ने वातावरण सुधार्नुपर्नेमा जोड दिए ।

 

उनले पोखराको पर्यटन प्रवर्द्धनात्मक कार्यमा सघाउने वाचा पनि गरे । थाइल्याण्डस्थित नेपाली राजदूतावासका प्रथम सचिव कुमार रेग्मीले पर्यटक भित्रिएसँगै पोखराले वातावरण सरसफाइमा ध्यान दिनुपर्नेमा सुझाव दिए ।

 

उनले सार्वजनिक शौचालयको पर्याप्त व्यवस्था, सरसफाइ पर्यटकका लागि अति नै आवश्यक रहेको बताए । 

 

टेवानकी अध्यक्ष कमला गिरिले पर्यटकीय राजधानी घोषणा भएसँगै पोखरामा पर्यटकको संख्या बढाउनुपर्नेमा जोड दिइन् । उनले पोखरा प्राकृतिक मात्र नभएर आतिथ्यता र आत्मियताको शहर पनि रहेको बताइन् । पोखराको

 

प्रबद्र्धनका लागि थाइल्याण्डमा हुने कार्यक्रममा पोखराको प्रचारात्मक सामग्री राख्न पनि अध्यक्ष गिरिले आग्रह गरिन् । टेवानकी सचिव शोभा अधिकारी पौडेलले बैंककमा फस्टाएको पर्यटनजस्तै अब पोखराको पर्यटनलाई पनि राम्रो बनाउनुपर्ने दिइन् ।  

 

टेवान टोलीले पोखराको प्रवर्द्धनात्मक भिडियो सामग्रीसहित व्यवसायको प्रचारात्मक सामग्री राजदूतावासलाई प्रदान गरेको थियो । १० दिने भ्रमणमा रहेको टेवानले थाइल्यान्डसँगै सिंगापुर र मलेसियामा पोखराको प्रबद्र्धन कार्यक्रम, भेटघाट गर्ने सचिव पौडेलले जनाइन् ।

 

महिला पर्यटन उद्यमी आबद्ध रहेको टेवानले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ पोखराको पर्यटन प्रवर्द्धन लागि स्थानीय, प्रदेशस्तरिय गतिविधि गर्दै आएको छ ।

काठमाडौं:    सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।       सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गर...

थप पढ्नुहोस्

म्याग्दी:    चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।   ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको आज सम्पन्न बैठकमा गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा छलफल गरिएको छ...

थप पढ्नुहोस्