डाक्टर ढाकाकुमारविरुद्ध ३ दिन म्याद थप
पाेखरा | भदौ २९, २०८१
पोखरा: लागूऔषध विक्री गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वसांसद डाक्टर ढाकाकुमार श्रेष्ठलाई अनुसन्धानका लागि ३ दिन म्याद थप भएको छ ।
अनुसन्धान गर्न कास्की जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले जानकारी दिए ।
उनका अनुसार बिहीबार पक्राउ परेका श्रेष्ठलाई कास्की प्रहरी म्याद थपका लागि शुक्रबार कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
लखनचोकको दिया फार्मेसीबाट लागुऔषध खरिद गरेका रोल्पाका ४२ वर्षका प्रकाश थापामगर साउन ३ गते पक्राउ परेका थिए ।
उनै थापामगरको बयानकै आधारमा रास्वपाका पूर्वसांसद श्रेष्ठविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
यो पनि पढ्नुहोस
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

