आज सातौँ भूकम्प स्मृति दिवस
काठमाडाैं | बैशाख १२, २०७९

काठमाडौं- झण्डै ९ हजारको मृत्यु हुने गरी २०७२ साल बैशाख १२ गते बिनाशकारी भूकम्प गएको आज ६ बर्ष पुरा भएको छ ।
मध्यान्ह ११ बजेर ५६ मिनेटको समयमा गोर्खाको बारपाकलाइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको थियो ।
गोर्खा भुकम्प र त्यसपछिका परकम्पबाट ८,७९० जनाको मृत्यु भएको थियो भने २२ हजार ३०० घाइते भएका थिए ।
भूकम्पका कारण ठूलो संख्यामा सास्कृतिक सम्पदा, विध्यालय तथा सरकारी भवन र निजि घरहरुमा क्षति पुग्यो । हजारौं नागरिक घरवार विहिन बन्न पुगे ।
सरकारले विनासकारी भूकम्पबाट भत्किएका घर तथा भौतिक संरचनाहरुको पुनर्निर्माण र विस्थापित भएका व्यक्ति तथा परिवारलाई पुनर्स्थापना गर्न २०७२ साल पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गर्यो ।
प्रधिकारणका अनुसार हालसम्म अधिकांश निजी आवास निर्माण भएको छ । यस्तै धेरै विद्यालय भवन पुनर्निर्माण भैसकेका छन् भने ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण पनि भैरहेको छ ।
हेटौँडा: पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा सहचालक घाइते भएका छन् । भारतको ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेका बताउनुभएको छ । स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्त...
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...