‘नाट्टा’ गण्डकी र चरक मेमोरियलबीच ‘एमओयू’

काठमाडाैं | साउन ५, २०७९

‘नाट्टा’ गण्डकी र चरक मेमोरियलबीच ‘एमओयू’

कास्की:  नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेश र चरक मेमोरियल अस्पतालबीच सम्झौता (एमओयू) भएको छ ।
 

समितका सदस्यहरु लगायत सदस्य कम्पनीमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य उपचारमा सहजता एवं सहुलियत प्रदान गर्ने उदेश्यले नाट्टा गण्डकी प्रदेश तथा चरक मेमोरियल हस्पिटलबीच विभिन्न स्वास्थ परिक्षण लगायतका विषयमा  द्विपक्षीय सम्झौता गरिएको हो ।

 

बुधबार एक कार्यक्रमको आयोजना गर्दै हस्ताक्षर पत्रमा नाट्टा गण्डकी प्रदेशकोतर्फबाट संघका अध्यक्ष हरिराम अधिकारी र महासचिव संगिता पौडेलले हस्ताक्षर गरेकी थिइन् भने चरक ममोरियल हस्पिटलको तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र प्रबन्ध निर्देशक कपिल पोखरेलले हस्ताक्षर गरेका हुन् । 

 

द्विपक्षीय सम्झौता अनुसार फार्मेसिमा ५ प्रतिशत, बेड, ल्याव, रेडियोलोजी, शल्यक्रियामा १० प्रतिशत, होलबडी जाँचमा २५ प्रतिशत तथा यूरोप तथा अमेरिकामा भ्रमणका लागि १ लाख बराबरको हवाई टिकेट जारी गर्ने सदस्यहरुलाई समेत होलबडी जाँचमा २५ प्रतिशत सहुलियत प्रदान गरिने छ ।

 

उक्त सम्झौता हाललाई १ बर्ष सम्मको लागि गरिएको र आगामी वर्षपनि  निरन्तरता दिदैं जाने नाट्टाकी महासचिव संगीता पौडेलले जानकारी दिइन् । 

 

 

सम्झौता हस्तारक्षर कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका कार्यसमिति, पुर्व अध्यक्ष, परिषदका संयोजक बासुदेब त्रिपाठी, हस्पिटलका डाक्टरहरु एवं प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो । 


 

सुर्खेत:   सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले आ...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको  गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ ।  लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...

थप पढ्नुहोस्

गलकोट:   सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...

थप पढ्नुहोस्