‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा
नवलपुर | पुस २१, २०८१
नवलपुर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो कलेजमा अध्ययनरत २९ जना विद्यार्थीको नतिजा रोकिदिँदा विद्यार्थी समस्यामा परेका हुन् । कलेजका विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिसको नतिजा रोकिएको जानकारी दिनुभयो ।
“हामीसँगै भर्ना भएका वन विज्ञानतर्फका हेटौँडा र कटारीका विद्यार्थीको ‘रिजल्ट’ यही पुस १६ गते आयो तर हाम्रो रोकिएको छ, थेसिसको रिजल्ट नआएसम्म ट्रान्सकृप्ट पाइँदैन”, उहाँले भन्नुभयो, “यस विषयमा क्याम्पस प्रमुखसँग कुराकानी गर्न खोज्दा क्याम्पस प्रमुखले हामीसँग कुराकानी गर्नै खोज्नुभएन ।”
क्याम्पस प्रमुखलाई आफूहरूको नतिजा प्रकाशनका बारेमा फोनमा कुरा गर्दा विद्यार्थीको अभिभावकलाई घरमा फोन गरेर मानसिक तनाव दिइएको विद्यार्थी थपलियाले गुनासो गर्नुभयो ।
“हामीले हाम्रो रिजल्ट रोकिएकोबारे कलेजसँग कुरा गर्न खोज्दा हामीलाई प्रहरी लगाएर थुन्ने धम्की दिइयो”, उहाँले भन्नुभयो, “हाम्रो घरमा अभिभावकलाई समेत फोन गरेर मानसिक तनाव दिइएको छ ।” कलेजका कारण आफूहरूको नतिजा रोकिँदा अब आउने नतिजामा उत्तीर्ण वर्ष २०२५ हुने भएकाले लोकसेवामा आवेदन तथा वैदेशिक अध्ययनमा जानसमेत असर पुग्ने उहाँको भनाइ छ ।
क्याम्पसका प्रमुख एवं प्रबन्ध निर्देशक छवि कँडेलले विश्वविद्यालयको गल्तीका कारण विद्यार्थीको नतिजा रोकिएको बताउनुभयो ।
“हामीले आन्तरिक मूल्याङ्कनको नम्बर पठाउने अन्तिम दिनमा विद्यार्थीहरूको नम्बर इमेल गरेर विश्वविद्यालयको परीक्षा शाखामा पठाएका थियौँ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयले इमेल नहेरी अरु दुई कलेजको रिजल्ट निकाल्दा हाम्रो कलेजको रोकिएछ ।”
विद्यार्थीहरूको नतिजा रोकिएको विषयमा विश्वविद्यालयसँग कुराकानी भइरहेको जनाउँदै क्याम्पस प्रमुख उहाँले चाँडै नै विद्यार्थीहरूको नतिजा प्रकाशन हुने बताउनुभयो ।
आठौँ सत्रहान्तका विद्यार्थीसँग कलेजले अतिरिक्त शुल्कसमेत माग्दै आएको विद्यार्थीको गुनासो छ । आठौँ सत्रहान्तका विद्यार्थी प्रेमकृष्ण साहले भर्ना गर्ने बेलाबाट नै कलेजमा धेरै समस्याको सामना गर्दै आएको बताउनुभयो ।
“हामी विश्वविद्यालयको आठौँ ब्याच तथा सिद्धान्त कलेजको दोस्रो ब्याचको विद्यार्थी हो”, उहाँले भन्नुभयो, “कलेजले प्रयोगात्मक परीक्षा नलिने तर शुल्क लिने गरेको छ । विद्यार्थीसँग भर्ना हुने बेलामा मागेको धरौटी रकमसमेत फिर्ता नगर्ने कलेजले जनाएको छ ।”
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट बिएस्सी फरेष्ट्रीतर्फको सम्बन्धन लिएर शैक्षिकसत्र २०७५ बाट सिद्धान्त कलेजले अध्ययन अध्यापन गराउँदै आएको थियो । कलेजमा बिएस्सी फरेष्ट्रीतर्फ दोस्रो ब्याचका रूपमा शैक्षिकसत्र २०७६ /२०८१ समूहमा भर्ना लिएको थियो ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

