पोखरा महानगरले कोटिहोम गर्न नदिने
पाेखरा | माघ २३, २०८१
पोखरा: पोखरा महानगरपालिकाले पोखरामा हुने भनिएको कोटिहोम गर्न नदिने घोषणा गरेको छ । मेयर धनराज आचार्यले कुनै हालतमा पोखरामा कोटिहोम गर्न सम्भव नभएको बताएका छन् ।
‘कोटिहोम पोखरामा हुँदैन । त्यति लामो समयसम्म पर्यटकीय सहर पोखरामा ध्वनि बालेर होम हुन सक्दैन,’ उनले भने, ‘अघिल्लो पटक पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भाथ्यो । हामीले अनुमति पनि दिएको छैन ।’
४ महिनासम्म पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्रमा होम गर्दा पर्यटनमै असर पर्ने उनको तर्क छ । ‘फेवातालको डिलमा ४ महिनासम्म कोटिहोम लगाउने ठाउँ होइन । स्थानीय तहले अनुमति नदिई त्यस्ता होम हुने कुरा सम्भव छैन,’ उनले भने ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

