प्रेस चौतारी कास्कीको अध्यक्षमा मोतिसागर
पाेखरा | माघ २३, २०८१

पोखरा: प्रेस चौतारी नेपाल कास्कीको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्मत चयन भएका छन् ।
पोखरामा मंगलबार सम्पन्न भएको प्रेस चौतारी नेपाल कास्कीका नवौं जिल्ला अधिवेशनले मोतिसागर अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गिरधारी पोखरेल, उपाध्यक्ष महिलामा रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दिपक अधिकारी, सहसचिव (समावेशी)मा सुरेश अधिकारी र कोषाध्यक्षमा सन्दिप खनाल चयन भए ।
यस्तै सदस्यहरुमा सञ्जय थापा, रचित पौडेल, आशिष पुरी, विनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल, मनिषा लामिछाने र सुरेश रानाभाट चयन भए ।
यस्तै प्रदेश प्रतिनिधितर्फ राजु गिरी, बालकुमारी पौडेल‘तारा’, अर्जुन गाहा (शुसान्त), रेजिना कटुवाल र सुरेश रानाभाट चयन भए । केन्द्रिय प्रतिनिधितर्फ दिपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, पुन्य पौडेल, प्रकाश अधिकारी बिद्रोही र शान्ती गुरुङ चयन भएका छन् ।
दुई जनालाई सम्मान र पुरस्कार
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई जनालाई सम्मान र पुरस्कृत गरिएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिएको छ ।
‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८१’ पत्रकार ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिएको छ । पौडेललाई नगद २२ हजार २ सय २२ सहित पुरस्कृत गरिएको हो । उनीहरूलाई प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे र राजेश राई, नेकपा (एमाले) कास्कीका नेतासहितले सम्मान–पत्र प्रदान गरेका थिए । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक रहेको प्रतिभा छनौट समितिले गुरूङलाई सम्मान र पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।
सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । स्याङ्जा सिरूबारीमा जन्मिएका उनी पोखरा–१५ का स्थायी बासिन्दा हुन् । गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए । हिमचुली एफएम, गोल्डेन आई टेलिभिजन हुँदै २०६४ देखि सगरमाथा टेलिभिजनमा आबद्ध रही १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत छन् । बी.एलसम्म अध्ययन गरेका गुरूङ २०७७ मा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित भइसकेका छन् ।
पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन् । यस्तै, मैदानन्यूज डटकमको संस्थापक सञ्चालक हुन् ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष पौडेल नेपाल पत्रकार महासंघ गण्डकीको संस्थापक सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद् पनि हुन् । पौडेलले प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार २०७२, सहारा क्लब पोखरा, फोटोग्राफर संघ पोखबाट सम्मान प्राप्त गरेका छन् । पोखरा ७ निवासी पौडेलले बिए अध्ययन र २ वर्षे सीएमए पनि गरेका छन् ।
प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भइसकेका छन् ।
पाल्पा: पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...
पोखरा: पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ । वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...