कोटिहोमका नाममा काटिएका काठदाउरा पोखरा महानगरद्वारा जफत (तस्बिरहरु)
पाेखरा | माघ २३, २०८१

पोखरा: पोखरा महानगरपालिकाले कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा बुधवार जफत गरेको छ ।
लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारिएका काठदाउरा नगर प्रहरी निरिक्षक पुरुषोत्तम थापाको नेतृत्वमा गएको टोलिले जफत गरेको हो।
नगर प्रहरी निरिक्षक पुरुषोत्तम थापाले मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख बिना स्वीकृति काटेको बताए ।
ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा सडकका रुख ठुटो बनाएपछि महानगरको पनि चर्को आलोचना भइरहेको छ । रुखका हाँगाविगा सबै काट्दा पनि केही नगरेर महानगरले मौन स्वीकृति दिएको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका छन् ।
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...