कास्कीका ४ गाउँपालिकामा वर्षाको प्रभावः अन्नपूर्णमा असर, ३ गाउँपालिका सामान्य
कास्की | साउन १६, २०७९
सांकेतिक तस्बिर
पोखराः कास्की जिल्लाका अधिकांश स्थानमा शनिबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ ।
वर्षाकाकारण पोखरामा मानवीय क्षति भएको छ भने विभिन्न स्थान जलमग्न भएको छ । पोखराको डिहिकोपाटनमा रातको १ बजे पहिरोले घर पुरिँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको छ ।
त्यस्तै, कास्कीका ४ गाउँपालिकामध्ये अन्नपूर्णमा वर्षाले असर पारेको छ । गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार निरन्तरको वर्षाले ग्रामीण सडकमा सबैभन्दा बढी क्षति पु¥याएको छ ।
गाउँपालिकाअन्तरगत घान्द्रुक, लान्द्रुक र दाङसिङमा अहिले यातायातसम्पर्क हुनसकेको छैन । विभिन्न स्थानमा पहिरो खसेकाले घान्द्रुकसँग यातायात सम्पर्क टुटेको अध्यक्ष केसीले जानकारी दिएका छन् ।
त्यस्तै, लान्द्रुक र दाङसिङ जाने सडकमा पनि पहिरो खसेकाले सवारी साधन चल्न सकेको छैन । मुस्किलले मोटरसाइकल चल्न सकेको केसीले बताएका छन् ।
यसैगरी, वडा नम्बर ९ का कतिपय स्थानमा पनि बाटोघाटो अवरुद्ध भएको छ । यसबाहेक कुनैपनि मानवीय क्षति नभएको र चौपाया एवं बालिनालीमा असर नपुगेको उनले उल्लेख गरे । हाल अवरुद्ध भएको सडक खुलाउन निकै मिहिनेत गनुपर्ने अवस्था रहेको केसीको भनाई छ ।
स्मरणीय छ, देशकै धेरै पानी पर्ने लुम्ले–काँडे यसै गाउँपालिकामा पर्दछ ।
त्यस्तै, रुपा गाउँपालिकाको अवस्था सामान्य छ । अध्यक्ष नवराज ओझाले पालिकाभित्र ग्रामीण कच्ची सडक धेरै नभएकाले यातायात सहज छ भने अन्य क्षति भएको विवरण छैन ।
‘सबै ठिकठाक छ’ अध्यक्ष ओझाले भने ‘तपाइहरुलाई कुनैपनि अप्रिय घटना सुनाउन नपरोस् भनेर कामना गरिरहेको छु ।’
जिल्लाको अर्काे गाउँपालिका माछापुच्छ्रेमा पनि वर्षाले क्षति पु¥याएको छैन । अध्यक्ष मिनबहादुर गुरुङका अनुसार सिदिङ् जाने बाटो केही अघि क्षति भएपनि अहिले यातायात सुचारु भएको छ । असार बाढीबाट सजग हुन सबै वडामा खबर पु¥याइएको बताउँदै पालिकासमेत तयारी अवस्थामा रहेको उनले सुनाए ।
त्यस्तै, आइतबार अपरान्हसम्म मादी गाउँपालिकाको अवस्था पनि सामान्य रहेको छ । ‘कुनैपनि विपद्को घटना सुन्नमा आएको छैन’ पालिका अध्यक्ष देविजङ्ग गुरुङले भने ‘पानी त परेको छ तर त्यस्तो क्षति नै पु¥याउनेखालको ठूलो पानी परेको छैन ।’
गुरुङका अनुसार पुल–पुलेसा, बाटोघाटो, मानिस र चौपायालाई हालसम्म वर्षाले असर पु¥याएको छैन । उनले भने ‘यता खासै ठूलो पानी परेको छैन ।’
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

