कास्की सम्हालेपछि एसपी केसीको ३ मिसन: पहिलो शान्तिसुरक्षा, दोस्रो...
पाेखरा | साउन १७, २०७९

कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मेवारी सम्हालेपछि प्रहरी उपरीक्षक अजय केसीले ३ प्रमुख मिसन अघि सारेका छन् ।
सोमबार पदवहाली गरेका केसीले सुनगाभा न्यूजसँग बोल्दै शान्तिसुरक्षा तथा लागुऔषध नियन्त्रण, निर्वाचन र प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनमा कडाईका साथ लाग्ने बताए ।
‘म मुलभुत ३ मिसनका साथ यहाँ आएको छु, उनले भने, ‘शान्ति, सुव्यवस्था र अमनचयन, नेपाल प्रहरीको पहिलो र महत्वपूर्ण जिम्मेवारी हो । शान्तिपूर्वक बाँच्न पाउँने संवैधानिक अधिकारको नेपाल प्रहरी रक्षा गर्छ । र म त्यसैको पक्षमा उभिएर अझ चुस्तदुरुस्त काम गर्ने संकल्प गरेको छु ।’
मिसनको पहिलो नम्बरमा शान्तिसुरक्षाको व्यवस्थापनलाई राखेका केसीले दोस्रो नम्बरमा लागुऔषधलाई राखेका छन् । ‘पहिलो नम्बरमा नेपाल प्रहरीको काम र कर्तव्यको रुपमा शान्तिसुरक्षा तथा अमनचयन पर्छ । त्यसपछि दोस्रो नम्बरमा अलि विकृतिको रुपमा देखिएको लागुऔषध (ड्रग्स)लाई निर्मुल नै पार्ने एउटा संकल्प लिएको छु भने नम्बर तीनमा चाँही अब निर्वाचन आउँदैछ । त्यसलाई मध्यनजर गरेर मजबुद सुरक्षा मिलाउने छु ।’ उनले भने ।
एसपी केसीले वर्षाको समयमा भैपरी आउने बाढी तथा पहिरोको वितण्डालाई मध्यनजर गरेर कार्ययोजना बनाएको सुनाए । ‘अहिले वर्षाको समय छ । हामी २४ सैं घण्टा अलर्ट छौं र स्थानीय सरकारका प्रमुख, वडाध्यक्षहरु तथा स्थानीयसँग समन्वय गरेर उहाँहरुलाई थप जिम्मेवारी बनाएका छौं, उनले भने, ‘हामीले क्विक रेस्पोन्स त गरेका छौं नै तरपनि भवितब्य परेको खण्डमा छिटै उद्धार गर्न सकिने गरि व्यवस्थापनमा लागेको छु ।’
सोमबार मात्रै कास्की प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक केसी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौंमा थिए ।
एसपी केसी भन्दापहिले कास्की प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक रमेश थापाले कमाण्ड सम्हालेका थिए । एसपी थापा हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा, महाराजगंज काठमाडौं सरुवा भएका छन् ।
काठमाडौं: हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थ...
काठमाडौं: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आ...
काठमाडौं: नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य ...