माग सम्बोधन गर्ने प्रतिबद्धतापछि यातायात व्यवसायीकाेआन्दोलन फिर्ता
कास्की | साउन २१, २०७९
पोखरा: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले घोषणा गरेको २२ गतेदेखिको आन्दोलन स्थगित भएको छ ।
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीका अनुसार गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता दिएको बताए ।
‘अहिले प्रदेश सरकारसँग व्यवसायीको छलफल भइरहेको छ, सुनगाभा न्यूजसँग भने, ‘यथाशिघ्र यातायात व्यवसायीको माग सम्बोधन गर्ने सहमति भएपछि घोषित आन्दोलन फिर्ता गरेका हौ । मुख्यमन्त्री सहित विभागीय मन्त्रीहरु सम्मिलित बैठक छिटै बस्ने र माग सम्बोधन गर्ने सहमति भएको छ ।’
गत १८ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै (भोलि) आइतबारदेखि गण्डकी प्रदेशभर चल्ने करिब २० हजार बढी मालबहाक तथा यात्रुबहाक सवारी साधन घर तथा ग्यारेजमा राखेर गण्डकी प्रदेश सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

