पोखरा: २ दर्जन तस्बिरमा हेरौं, आदिवासी जनजातिको जमघट
पाेखरा | साउन २४, २०७९
पाेखरा: २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह आयोजनामा आज (अगस्ट ९) अर्थात २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ ।
विहान ११ः३० बजे आदिवासी जनजाति समुदायले आफ्नो जातजातिको झाँकी तथा र्यालीसहित पोखराको चिप्लेढुङ्गा, न्यूरोड, सभागृह, पृथ्वीचोक हुँदै मगर संघ कास्कीको सभाहलमा गएर कोणसभामा परिणत भएको थियो ।
आज देशभर २८ औँ अन्तराष्ट्रिय जनजाति दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरि दिवस मनाइदैं छ ।
गण्डकी प्रदेशका आदिवासी समुदायहरुले आफ्नो जिल्ला देखि विभिन्न झाकी तथा र्याली प्रस्तुत गरेका थिए । भने नेवार समुदायले पहिलो पटक भक्तपुर देखि घिन्ताङ घिसी घिसी नाँच प्रस्तुत गरिएको थियो । दिवसमा साकेला, सोरठी, घाँटु, सालैजो, चुट्टा लगायतका संस्कृति प्रस्तुत गरिएको थियो ।
सन् १९८२ डिसेम्वरमा संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलले स्वीजरल्याण्डमा बसेको पहिलो बैठकले हरेक अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
दुई वर्षसम्म कोरोना भाइरसका कारण औपचारिक रुपमा मनाउन नपाइएको अन्तराष्ट्रिय जनजाति दिवस २ वर्ष पछि पुन: मनाइएको आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले जनाएको छ ।
तस्बिरहरू:-























राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

