पोखरा: २ दर्जन तस्बिरमा हेरौं, आदिवासी जनजातिको जमघट

पाेखरा | साउन २४, २०७९

पोखरा: २ दर्जन तस्बिरमा हेरौं, आदिवासी जनजातिको जमघट

पाेखरा:  २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ । 

 

नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह आयोजनामा आज (अगस्ट ९) अर्थात २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ । 

 

विहान ११ः३० बजे आदिवासी जनजाति समुदायले आफ्नो जातजातिको झाँकी तथा र्‍यालीसहित पोखराको चिप्लेढुङ्गा, न्यूरोड, सभागृह, पृथ्वीचोक हुँदै मगर संघ कास्कीको सभाहलमा गएर कोणसभामा परिणत भएको थियो । 


आज देशभर २८ औँ अन्तराष्ट्रिय जनजाति दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरि दिवस मनाइदैं छ । 

 

गण्डकी प्रदेशका आदिवासी समुदायहरुले आफ्नो जिल्ला देखि विभिन्न झाकी तथा र्‍याली प्रस्तुत गरेका थिए । भने नेवार समुदायले पहिलो पटक भक्तपुर देखि घिन्ताङ घिसी घिसी नाँच प्रस्तुत गरिएको थियो । दिवसमा साकेला, सोरठी, ​घाँटु, सालैजो, चुट्टा लगायतका संस्कृति प्रस्तुत गरिएको थियो । 

 

सन् १९८२ डिसेम्वरमा संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलले स्वीजरल्याण्डमा बसेको पहिलो बैठकले हरेक अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । 

 

दुई वर्षसम्म कोरोना भाइरसका कारण औपचारिक रुपमा मनाउन नपाइएको अन्तराष्ट्रिय जनजाति दिवस २ वर्ष पछि पुन: मनाइएको आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले जनाएको छ । 

 

तस्बिरहरू:-

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्