पोखरामा भोलिदेखि भेट्रान्स फुटबल, उपाधि राशी १ लाख
पाेखरा | पुस २२, २०८२
पोखरा: भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा भोलिदेखि प्रथम केआइइसी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुडिँखेल मैदानमा आयोजना हुनेछ ।
भेट्रान खेलाडीका लागि आपसी भाइचारा कायम गराउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संयोजक विरेन्द्र गुरुङले जानकारी दिए ।
‘भेट्रान खेलाडीहरुलाई आफ्नो युवा उमेरको सम्झना दिलाउनका लागि यो प्रतियोगिताले मद्धत गर्ने हामीले विश्वास लिएका छौं । युवा अवस्थामा फुटबल खेलेर हिडेर आज परिवारसँग बस्दै आएका र फुटबलमै लागेका पुराना खेलाडीलाई मैदानमा उतार्ने हाम्रो योजना हो’ उनले भने, ‘यो प्रतियोगितामात्रै होइन । हाम्रो आपसी भाइचारा र सम्बन्ध विस्तार गर्ने थलो पनि हो ।’
पहिलो पटक प्रतियोगिता गर्न लागेकाले सबैले साथ र सहयोग गर्न उनले आग्रह गरे । उनका अनुसार प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लासहित कुल १८ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा उच्च गोलकर्ताले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको रहेको छ । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ ।
काठमाडौं: आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान क...
काठमाडौं: जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।&...
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...

