पाेखरा: श्रीमतीको हत्यापछि आफ्नै पेटमा खुकुरी रोपेका गुरुङको अवस्था गम्भीर

पाेखरा | भदौ १७, २०७९

पाेखरा: श्रीमतीको हत्यापछि आफ्नै पेटमा खुकुरी रोपेका गुरुङको अवस्था गम्भीर

कास्की:   पोखरा  महानगरपालिका १४ स्थित छिनडाँडामा श्रीमतीको हत्यापछि आफ्नै पेटमा खुकुुरी प्रहार गरेका लोक बहादुर गुुरुङको अवस्था गम्भीर रहेको छ । 

 

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार गुरुङको अवस्था गम्भीर रहेको  हो ।

 

श्रीमातीको हत्यापछि आफ्नै पेटमा खुकुरी हानेका पतिको अहिले पश्चिमाञ्चल अस्पतालमा उपचार भैरहेको छ, इन्सपेक्टर खड्काले सुनगाभा न्यूजसँग भने, ‘उपचार भइरहेपनि अहिले उहाँको अवस्था चिन्ताजनक भएको बुझिएको छ ।’

 

इन्सपेक्टर खड्काका अनुसार घरायसी विवादका कारण आज बिहान लोकबहादुुर गुुरुङले आफ्नो श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरि गरेका थिए । 

 

त्यसपछि आफ्नै पेटमा खुुकुरी प्रहार गरि आत्महत्याको प्रयास गरेका खड्काले बताए । उनका अनुसार घाइते भएका उनको उपचारका लागि पार्कल्याण्ड पुर्याइएपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।

 

हाल अस्पतालमा उपचरार भइरहेको गुरुङको अवस्था चिन्ताजनक रहेको खड्काले जानकारी दिए ।

 

सो घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्