वाह ! नेपाली विभागः पिएन क्याम्पसमा आफ्नै पुस्तकालय
पाेखरा | भदौ २५, २०७९

पोखराः पृथ्वी नारायण क्याम्पसमा नेपाली विभागले आजदेखि औपचारिकरुपमा आफ्नै पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
क्याम्पसमा क्षेत्रीयस्तरको पुस्तकालय सञ्चालनमा रहेपनि विभागीय आवश्यकताको महशुस गरी छुट्टै पुस्तकालयको सुरुवात गरेको विभागले जनाएको छ ।
विभागले विशेष कार्यक्रमको आयोजना गरी भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतमा पुस्तकालयको उद्घाटन गरेको हो । सो अवसरमा प्रमुख अतिथि खड्काले पिएन क्याम्पसको शैक्षिक प्रगति प्रदेशकोमात्र नभई देशकै प्रगति भएको उल्लेख गरे ।
‘विश्वमा अहिले कुनै पनि विषयको सूक्ष्मरुपमा अध्ययन, अनुसन्धान गर्ने परिपाटी रहेको छ’ खड्काले भने ‘सोही तवरले नेपाली विभागले पनि विभागीय पुस्तकालय स्थापना गरेकोमा खुशी लागेको छ ।’
नेपाली भाषा साहित्य र संस्कृतिको मियो भएको भन्दै विभागको शैक्षिक कार्यमा मन्त्रालयस्तरबाट थोरै भएपनि सहयोग गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । स्मरणीय छ, पुस्तकालय स्थापनार्थ भौतिक विकासका लागि मन्त्रालयले १० लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त अवसरमा मन्त्री खड्काले शैक्षिक उन्नयनका कुनैपनि कार्यमा सहयोग गर्न मन्त्रालय तयार रहेको बताउँदै विद्यार्थीले पुस्तकालयबाट भरपुर ज्ञान आर्जन गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको सभापति एवं विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले विभागमा आएदेखि आफुले दिनरात गरेको मिहिनेत सार्थक भएकोमा सम्पूर्ण सहयोगीलाई आभार व्यक्त गरे ।
विदेशका विश्वविद्यालय भ्रमणका दौरान विभागीय पुस्तकालय देख्दा पिएनमा पनि यस्तै भइदिए भन्ने कल्पना गरेको बताउँदै आफु कार्यरत विभागमै इच्छाएको काम गर्न पाउँदा खुशी लागेको प्रमुख न्यौपानेको धारणा छ ।
‘मैले गरेको पहलमा मन्त्रालय र मनकारीहरुले गरेको सहयोगको प्रतिफल हो, यो पुस्तकालय’ उनले भने ‘यहाँ विभिन्न शोधार्थीले गरेका शोध र सम्बन्धित थेसिस पनि राखिएका छन्, अब अनुसन्धानमा लाग्ने विद्यार्थीले सन्दर्भ सामग्री खोज्न कतै भौतारिन पर्ने छैन ।’
पुस्तकालय स्थापना भएपनि यसको सञ्चालनमा समस्या भएको उनको दुखेसो छ । ‘पुस्तकालय तयार भयो तर सञ्चालनमा समस्या छ, क्याम्पस प्रशासनसमक्ष कर्मचारीको माग गरेको छु’ न्यौपानेले भने ।
पुस्तकालयमा करिब १० हजार शोधग्रन्थ र पुस्तक रहेका छन् । आफ्नो कार्यकालमा पुस्तकको डिजिटाइजेशन गर्ने इच्छा भएको उनले सुनाए ।
कार्यक्रममा विभागका पूर्व प्रमुख, प्राध्यापक संघ, कर्मचारी संघका प्रतिनिधिले धारणा राखेका थिए । उद्घाटन कार्यक्रममा पुस्तकालयलाई सहयोग गर्ने लायन्स क्लब, अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानलगायतलाई सम्मान समेत गरिएको छ ।
काठमाडौं: २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...
काठमाडौं: नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...
तनहुँ: तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी न...