मोदीको मुस्ताङ भ्रमणपछि विन्ध्यवासिनी मन्दिरमा भारतीय प्रर्यटक बढे

असोज १० देखि नवदुर्गा महोत्सव

पाेखरा | भदौ ३१, २०७९

मोदीको मुस्ताङ भ्रमणपछि विन्ध्यवासिनी मन्दिरमा भारतीय प्रर्यटक बढे

पोखरा  :  पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्रमा भारतीय पर्यटक बढेका छन् । 

 

 विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ भ्रमण गरेपछि विन्ध्यवासिनी मन्दिरमा भारतीय पर्यटकको संख्यामा वृद्धि भएको बताएका हुन् । 

 

पोखरामा शुक्रबार विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ को बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका कार्यवाहक अध्यक्ष सुवेदीले सो दावी गरेका हुन् । 

 

‘सोह्र श्राद्ध सुरु भएपछि नेपाली पर्यटकहरु घटेका छन्, उनले भने, ‘अहिले दैनिक संकलन भएको भेटी (भारतीय पैसा) ले नै विन्ध्यवासिनी धार्मिक क्षेत्रमा भारतीय पर्यटकको संख्या वृद्धि भएको जनाउँछ ।’ 

 


यसैगरि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले कोरोना महामारीको समय अगाडी मासिक १ करोड (पैसा) भेटी संकलन हुने गरेको उल्लेख गरेको बताउदै पछिल्लो समय महामारीले प्रभाव पारेको बताए । 

 

‘मन्दिरको मुख्य स्रोत नै भेटी संकलन हो, उनले भने, ‘कोरोना अगाडी दैनिक एकलाख देखि देढ लाख भेटी संकलन हुुन्थ्यो तर अहिले दैनिक ५०/६० हजारमा झरेको छ ।’

 

भक्तजनले चढाएको भेटीबाटै समितिले पुजारी र कर्मचारी व्यवस्थापनसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको अधिकारीले बताए । उनका अनुसार मन्दिरमा १० पुजारी र व्यवस्थापनमा ४५ कर्मचारी छन । मन्दिर व्यवस्थापन समितिले कर्मचारी  व्यवस्थापनमा मासिक १४ लाख खर्च हुदै आएको छ ।

 

असोज १० देखि नवदुर्गा महोत्सव

 

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज १० गते (घटस्थापना)देखि नवमीसम्म नवदुर्गा महोत्सव आयोजना गर्न लागिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए । 

 

उनका अनुसार महोत्सवमा शोभायात्रा र श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने छ । भने युवा पण्डित नारायण देवकोटाले सङ्गीतमय झाँकीसहित कथा वाचन गर्नेछन् । सो महोत्सवमा नवमीदेखि प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र मध्याह्नदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुनेछ । 

 

पहिलो दिन देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सव सुरु गरिने छ । 

 

महोत्सव अवधिभर रात्रिकालीन आरतीसमेत गरिने भएको छ । 

 

विजया दशमीको दिन बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेदेखि भक्तजनका लागि खल्ुला गरिने समितिले जनाएको छ । 

 

धार्मिक पर्यटनको विकाससँगै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भावमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको सचिव श्रेष्ठले जानकारी दिएका थिए । 

 

स्थायी प्रहरी पोस्टको माग 

 

समितिले मन्दिरको सुरक्षाका लागि विन्ध्यवासिनी स्थायी प्रहरी पोस्टको लागि माग गरेको छ । मन्दिरमा अस्थायी प्रहरी पोस्ट सञ्चालन हुँदा उनीहरुलाई कहिले मापसे कहिले कुन क्षेत्रमा खटाउँदा मन्दिरको सुरक्षामा प्रश्न उठेको भन्दै स्थायी प्रहरी पोस्ट स्थापना गर्न जिल्ला प्रशासन र प्रहरी कार्यालमा माग गरेको हो ।

 

मन्दिरको सुरक्षाका लागि विभिन्न क्षेत्रमा अहिले १६ वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ । 

 

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले अब मन्दिरमा आउँदा पर्यटकहरुले मिनिरल वाटर पानी बोकेर आउन नपर्ने दावी गरेको छ । 

 

समितिले बोतल र जारको पानी प्रयोग नगर्ने गरी पानी शद्धीकरण गरेर धाराको पानी नै पर्यटकले प्रयोग गर्ने योजना केही दिनमा सञ्चालन हुन लागेको धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्