मलेसिया भ्रमणमा ‘मेयर आचार्य’
पाेखरा | असोज ४, २०७९

पोखरा : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चार दिने भ्रमणमा मलेसिया निस्किएका छन् ।
सेप्टेम्बर १९ देखि २४ तारिखसम्म मलेसियाको क्वालालाम्पुरमा एसिया प्रशान्त क्षेत्रका नगरपालिकाहरुको संगठन सिटीनेटको नवौं अन्र्तराष्ट्रिय महाधिवेशनमा efu लिन पोखराका मेयर आचार्य चारदिनका लागि मलेसिया प्रस्थान गरेका हुन् ।
आचार्य हाल क्वालालाम्पुरमा जारी सिटीनेटको नवौं अन्र्तराष्ट्रिय महाधिवेशनमा व्यस्त देखिएका छन् ।
एसिया प्रशान्त क्षेत्रका नगरपालिकाहरुको संगठन सिटिनेटको महाधिवेशनमा पुगेका मेयर आचार्यले खर्च आफैले व्यहोर्ने प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र भारतीले जानकारी दिए ।
‘जहाजको टिकट खर्च महानगरले तिर्ने सामान्य कुराकानी भएको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘बाँकी खर्च मेयरको आफैले व्यहोर्ने र जहाजको खर्च पनि आफै तिर्छु भने पाइन्छ ।’
मेयर आचार्य अहिले क्वालालाम्पुरको कार्यक्रममा सहभागी भएको तस्बिर सामाजिक सञ्जाममा सार्वजनिक गरेका छन् । मेयर आचार्यले फेसबुकमा गरेको पोस्टमा उनीसँग ललितपुर महानगरका मेयर जिरीबाबु महर्जनसमेत सामेल भएको देखिएको छ ।
काठमाडौं: गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधि...
मुस्ताङ: दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ। यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडा...
पोखरा: काठमाडौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् । खेलकुदको शहर पोखरामा आज (मंगलबार) सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाडौं...