लामिछाने परिवारलाई एलआईसी नेपालको मृत्यु दावी भुक्तानी
पाेखरा | असोज ७, २०७९
पोखरा : पोखरा महानगरपालिका वडा नं. २७ निवासी स्वर्गिय बलराम लामिछानेका परिवारलाई एलआईसी नेपाल लिमिटेडले मृत्यु दावी वापतको चेक हस्तान्तरण गरेको छ ।
स्वर्गिय लामिछानेकी पत्नी गोमा कुमारी लामिछानेलाई पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा र एलआईसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले विमा वापत दुई लाख ७२ हजार ८ सय रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।
मृत्यूदावी चेक हस्तान्तरण गर्दै, वडाध्यक्ष थापाले लामिछानेले परिवारले असल अभिभावक गुमाएकोमा दुःख व्यक्त गर्दै, मृत्यू दावी वापतको रकमले परिवारलाई थोरै भएपनि आर्थिक सुरक्षा प्रदान गरेको बताए ।
अध्यक्ष थापाले न्यून र मध्यम बर्गिय परिवारमा विमाको पहुच पुग्नु पर्ने उल्लेख गर्दै, विमा सचेतना कार्यक्रम संचालन गर्न जोड दिए ।
एलआईसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले स्वर्गिय लामिछानेको परिवारमा अभिभावक नहुँदाको पिडामा आर्थिक सुरक्षणका रुपमा विमाको रकमले सानो भएपनि योगदान दिएको बताए । उनले विमाको विषयमा गलत वुझाई हुँदा अझै पनि ठुलो संख्या विमाको पहुँच भन्दा बाहिर रहेको बताए ।
लामिछानेको पोखरा महानगरपालिकामा नायव सुब्बाका रुपमा कार्यरत रहँदा गत माघमा निधन भएको थियो । साविक लेखनाथ नगरपालिकाले लामिछानेको दुई लाख रुपैया विमाङ्कको दश बर्षे सावधिक जीवन बिमा गरिदिएको थियो । लामिछानेलेको सात किस्ता रकम तिरेपछि निधन भएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

