थप सेवा सहित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिल सञ्चालनमा

पाेखरा | असोज १३, २०७९

थप सेवा सहित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिल सञ्चालनमा

पोखरा :  पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिल थप सेवा सहित सञ्चालनमा आएको छ । थप सेवा विस्तार गर्न करिब ३ महिना देखी बन्द थियो । छिटै आउन लागेको विश्वकप फुटबल प्रतियोगिता लक्षित गरेर ठाउँ ठाउँमा ठुला स्किन सहित थप सेवा विस्तार गरेको हो ।

 

जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमा महत्वपूर्ण खेलकुद प्रतिस्पर्धाका प्रत्यक्ष प्रसारण हेर्न पाइन्छ । बारमा करिब ५ सय जना एकै पटक सेवा दिन सक्ने गरी सेवा विस्तार गरेको बारका म्यानेजर हरि पौडेलले जानकारी दिए ।

 

बारमा थप एउटा बालकोनी, फेवाफन्टलाई अझ आक्रर्षण थप गरेको पौडेलले बताए । ‘फुड, ड्रिङ तथा म्युजिक’ लाई प्रथामिकता दिए सेवा प्रदान गर्ने बताए । बारमा हरेक दिन फरक÷फरक ब्यान्डले लाइभ प्रस्तुति दिँदै आएका छन् । ग्राहकहरूको विशेष मनोरञ्जनका लागि हरेक बेला बेला ख्यातिप्राप्त ब्यान्डका चर्चित कलाकारहरूको प्रस्तुति समेत चलाउदै आएको छ ।

 

‘फुड, ड्रिङ र म्युजिक’ सहित खेलकुद तथा परिवारिक वातावरण चाहनेहरूलाई लक्षित गरी थप सेवा सहित सञ्चालनमा ल्याएको सञ्चालक गोपीबहादुर भट्टराईले जानकारी दिए । उनले सेवा थप गर्दा करिब २ करोड लगानी गरेको उनको भनाई छ । नेपाली तथा विदेशी खेलप्रेमी ग्राहकहरुलाई स्पोर्ट्स बार एन्ड ग्रिलले स्थतरी सेवा प्रदान गरेको उनको भनाई छ ।

 

बारभित्रै पुल टेबल, डार्ट गेम, चेस लगायतका खेलहरू खेल्न मिल्ने  व्यवस्था मिलाइएको उनको भनाई छ । बारमा जन्मदिन, म्यारिज एनिभर्सरी, प्राइभेट पार्टी आदिका लागि विशेष व्यवस्था समेत गरेको गरिएको छ । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्