कुंडहर समाज सेवा समितिमा दया बराल

पाेखरा | असोज ३१, २०७९

कुंडहर समाज सेवा समितिमा दया बराल

 


पोखरा । कुंडहर समाज सेवा समितिको अध्यक्षमा दया बराल निर्वाचित भएकी छिन । समितिको १६ औं साधारण सभा तथा नवौं अधिवेशनबाट आगामी कार्यकालका लागी दया बरालको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन भएको हो ।


जस अन्तर्गत समितिको उपाध्यक्षमा कृष्ण बहादुर के.सी., सचिवमा बिक्रम रायमाझी, कोषाध्यक्षमा सुरेन्द्र बिनोद खनाल र सह सचिवमा लक्ष्मी थापा चयन भएकी छिन ।


त्यसैगरी सदस्यहरुमा देवकी रायमाझी, समुन्द्र भुजेल, बिरेन्द्र बहादुर थापा, गौतम थापा, सुनिता के.सी. र सन्तोष थापा चयन भएका छन ।


सो साधारण सभाको उदघाटन गर्दै जनप्रतिनिधी  सन्तोष बास्तोलाले वडाबाट हुने बिकासका काममा संस्थासंग सहकार्य गरेर अगाडी बढ्ने वताउदै वडाभित्र रहेका सडकहरुमा सडक लाइट, स्ट्रेट नम्बर, फुटपाथ निर्माण, फोहोर ब्यवस्थापन लगायतका काम संगै युवा तथा महिलाहरुलाई स्वरोजगार एवं सीपमुलक तालिमहरु प्रदान गरी अगाडी वढ्ने वताए ।


कुंडहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्व बन्धु थापाले समाजले सहकारीको अवधारणा ल्याई समाजलाई आर्थिक रुपान्तरणतर्फ ल्याउनुपर्नेमा जोड दिए ।


त्यसैगरी समितिका सल्लाहकार रिब बहादुर थापाले संस्थाले गरेको सामाजिक कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।


संस्थाका अध्यक्ष शान्त बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव अञ्जना घिमिरेले गरेकी थिइन । 

पोखरा:   कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...

थप पढ्नुहोस्

पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।   गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज (बिहीबार) देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्ध...

थप पढ्नुहोस्