पोखरा महानगरद्वारा विजेता खेलाडीलाई नगदसहित सम्मानित
पाेखरा | कात्तिक २, २०७९
पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा पदक जितेको पोखरा महानगरका खेलाडीलाई महानगरले नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जितेका महानगरवासी खेलाडी तथा प्रशिक्षक गरी ४१ जनालाई नगद पुरस्कारबाट सम्मान गरिएको हो । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगिताका विभिन्न विधामा गण्डकी प्रदेशबाट सहभागी भएका पोखरा महानगरवासी खेलाडीले पाँच स्वर्णपदक जितेका छन् ।
यसैगरी दुई वटा कास्य तथा पाँच रजत पदक पोखराका खेलाडीको नाममा छ । स्वर्णपदक विजेतालाई प्रतिपदक नगद रु १५ हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद रु पाँच हजार, कास्यपदक विजेतालाई प्रतिपदक रु १० हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद रु पाँच हजार र रजतपदक विजेता खेलाडीलाई प्रतिपदक नगद रु पाँच हजारका दरले सम्मान गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसी लगायतले खेलाडीलाई सम्मान गर्नुभयो । हालसम्म पुरुष ह्यान्डबल बल ९समूह०, ‘फुल कन्ट्रयाक्ट करातेका अभिषेक तामाङ र अनिश बुढामगर, बडीविल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्णपदक प्राप्त गर्नुभएको छ ।
यसैगरी फुल कन्ट्याक्ट करातेकैरूपक नेपाली र शिव भुजेलले कास्यपदक प्राप्त गर्नुभएको छ । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने बाँकी खेलाडीलाई प्रतियोगिता समापनलगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । खेलकै दौरानमा खेलाडीलाई गरिएको सम्मानले थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । खेलाडीमा सकारात्मक ऊर्जाको प्रवाहका महानगरले सदैव खेलाडी तथा खेलकर्मीका साथमा रहेर काम गर्ने आचार्यले प्रतिबद्धता जनाउनुभयो ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

