आतिजबाजीको खर्च देखाउनुपर्ने मागसहित अख्तियारमा निवेदन

पाेखरा | कात्तिक ४, २०७९

आतिजबाजीको खर्च देखाउनुपर्ने मागसहित अख्तियारमा निवेदन

पोखरा  : नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आतिजबाजी गरेर लाखौं रकम हिनाबिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा निवेदन दिएको छ । 

 

 

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विभिन्न विधाका घाइते खेलाडीहरुलाई न्यून्नतम स्वास्थ्य उपचार सुविधासमेत उपलब्ध नगराइएको र उद्घाटन र समापन समारोहमा लाखौं रकमको आतिजबाजी गरेर लाखौं रकम हिनामिना गरेको भन्दै समाजका प्रवक्ता गोकुलप्रसाद कार्कीद्वारा हस्ताक्षरित निवेदन बुझाएको हो ।

 

निवेदनमा भनिएको  छ, ‘खेलकुदमा सहभागी खेलाडीहरुको जीवन विमा, आकस्मिक दुर्घटना विमा, स्वास्थ्य उपचार, समयसापेक्ष आवास, खानाखाजा तथा यातायात खर्च सुविधा सम्बन्धमा र प्याराग्लाइडिङ खेल संचालनका लागि नागरिक उड्यन प्राधिकरणसँग स्विकृति नलिएको सम्बन्धमा छानबिन गर्न नागरिक समाज कास्की माग गर्दछौं ।’

 

साथै प्रचलित कानूनको कुन बुँदालाई आधार मानेर आतिजवाजी गरिएको र वास्तविक खर्च र खेल आयोजना पूर्व खेलकुद पूर्वाधार निर्माण तथा खेलमैदान स्त्तरोन्नतीको नाममा भएको खर्च विवरणको सम्बन्धमा छानबिन गर्नसमेत नागरिक समाज कास्कीले माग गरेको छ ।
 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्